Logo
७ कार्तिक २०७८, आईतवार
     Sun Oct 24 2021
E-paper
  English Edition
   Unicode
Logo

नेप्सेमा हरियाली : यी हुन् १० प्रतिशतले मूल्य बढ्ने ९ कम्पनी



काठमाडाैं । केही सातादेखि नै नकारात्मक सूचक देखिएकाे नेप्सेमा बुधबार भने हरियाली छाएकाे छ । बुधबार किनबेच र अंक दुवै बढेकाे छ ।

बुधबार ६८.४७ अंकले शेयर बजारको परिसूचक नेप्से बढेको छ। सो अंकको वृद्धिपछि परिसूचक २६८१.१० अंकमा कायम भएको छ। आज नेप्सेमा हरियाली छाएको छ।

यस दिन ४ अर्ब ५० करोड रुपैयाँको सेयर किनबेच भयो। नेप्सेसँगै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १२.७२ अंकले बढेर ५०४.७३ अंकमा पुगेको छ।

कुन-कुन कम्पनीकाे मुल्यमा लाग्याे सर्किट ?

कारोबार भएका सबै परिसूचक बढेका छन्। सबभन्दा बढी नन लाइफ इन्स्योरेन्स ४०६ अंक, विकास बैंक २२४ अंक, माइक्रो फाइनान्स २९६ अंक, लाइभ इन्स्योरेन्स २५७ अंकले बढेका छन्।

यस दिन ९ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ। मूल्य बढ्ने कम्पनीमा सबैको लघुवित्त, ग्रामीण विकास लघुवित्त, किसान लघुवित्त,प्रोगेसिभ फाइनान्स, ग्रीन डेभलपमेन्ट, सामुदायिक लघुवित्त, बेस्ट फाइनान्स, ग्लोबल आइएमई लघुवित्त, नयाँ सारथी लघुवित्त रहेका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सामसुङ कम्पनीलाई ठूलो धक्का लागेको छ । कम्पनीले उत्पादनमा गरेका विभिन्न ६१

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यसूची तय भएको

काठमाडौं । हाल नेपालको मध्य भाग आसपास अवस्थित न्यून चापिय क्षेत्रको सामान्य प्रभाव रहेको

काठमाडौँ । पूर्वमन्त्री तथा माओवादी नेतृ रेखा शर्मालाई नेकपा (माओवादी केन्द्र)ले राजकीय मामिला तथा