Logo
७ कार्तिक २०७८, आईतवार
     Sun Oct 24 2021
E-paper
  English Edition
   Unicode
Logo

आइएमई मोटर्सको जितपुर र नवलपरासीमा नयाँ शाखा उद्घाटन



२१ असोज, काठमाडौँ । आइएमई ग्रुप अन्र्तगत संचालित आइएमई मोटर्स प्रा.लि ले २ वटा शाखा उद्घाटन गरेको छ । जितपुर बारास्थित थ्रि एस सेट अप र सर्दी नवलपरासी पूर्वमा अवस्थित २ एस सेट अपको एक कार्यक्रमबीच उद्घाटन गरेको हो ।

यी शाखाहरूबाट सुविधा सम्पन्न शाखाबाट अशोक लेलैण्ड गाडीहरुका लागी सेल्स, सर्भिस र स्पेयर पार्टस उपलब्ध हुने छ । दुईवटै शाखाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, भारतको दोस्रो ठूलो अटोमोबाइल कम्पनी अशोक लेलैण्डका सार्क हेड सुजन रोयले गरेका हुन् ।

उद्घाटनका क्रममा ग्रुपका अध्यक्ष ढकालले “अशोक लेलैण्डमा गरेको लगानीले भविष्यमा राम्रो प्रतिफल दिने र एउटा भरपर्दो ब्राण्ड भएकोले यसमा लगानी गरेको जानकारी दिए । यस क्षेत्रका ग्राहकहरुले ढुक्क भएर अशोक लेलैण्ड गाडीमा लगानी गर्न अनुरोध गर्दै उनले बिक्री पछिको सेवाको लागि जस्तो सुकै परिस्थितिमा पनि ग्राहकको साथमा रहने प्रतिबद्घता व्यक्त गरे।

नेपालका लागि अशोक लेलैण्ड गाडीको एकमात्र अधिकृत बिक्रेता आइएमई मोटर्सले प्रदेश नं २ र लुम्बिनी प्रदेश अवस्थित शाखाको विस्तारले ग्राहकहरुलाई थ्रि—एस (सेल्स, सर्भिस र स्पेयर्स ) साथ सम्पूर्ण सेवाहरुको पूर्ण सुविधा प्रदान गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

सोही कार्यक्रममा अशोक लेलैण्ड भारतका सार्क अन्तर्राष्ट्रिय व्यापार प्रमुख सुजन रोयले अशोक लेलैण्ड हिन्दुजा समूह अन्तर्गतको ७३ वर्ष पुरानो भारतको दोश्रो ठूलो व्यवसायिक गाडी निर्माता कम्पनी भएको बताए।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सर्वोच्च अदालतका १४ जना न्यायाधीशहरुले सोमबारका लागि बोलाइएको फुलकोर्ट बैठक बहिस्कार गर्ने

७ कार्तिक, काठमाडौँ । नेपाली राष्ट्रिय टिमका फरवार्ड खेलाडी विमल घर्तिमगरले ए डिभिजन लिग

काठमाडौं । सामसुङ कम्पनीलाई ठूलो धक्का लागेको छ । कम्पनीले उत्पादनमा गरेका विभिन्न ६१

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यसूची तय भएको

काठमाडौँ । पूर्वमन्त्री तथा माओवादी नेतृ रेखा शर्मालाई नेकपा (माओवादी केन्द्र)ले राजकीय मामिला तथा