Logo
७ कार्तिक २०७८, आईतवार
     Sun Oct 24 2021
E-paper
  English Edition
   Unicode
Logo

घाइते बालकको मृत्यु



राजविराज । स्कारपियोको ठक्करबाट घाइते भएका बालकको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनीमा स्कारपियोको ठक्करबाट घाइते भएका बालकको उपचारका क्रममा आज मृत्यु भएको हो ।

मृत्यु हुनेमा रुपनी गाउँपालिका-६ बस्ने तुलसी चौधरीका १० वर्षीय छोरा सुशील रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना२च ३७५४ नंको स्कारपियो गाडीले उनलाई ठक्कर दिएको बताइएको छ ।

ठक्करबाट घाइते भएका उनलाई एक निजी क्लिनिकमा सामान्य उपचार गराई घर फर्किने क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ । यता दुर्घटना गराउने गाडीलाई प्रहरीले नियन्त्रणमा लिएर घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सर्वोच्च अदालतका १४ जना न्यायाधीशहरुले सोमबारका लागि बोलाइएको फुलकोर्ट बैठक बहिस्कार गर्ने

७ कार्तिक, काठमाडौँ । नेपाली राष्ट्रिय टिमका फरवार्ड खेलाडी विमल घर्तिमगरले ए डिभिजन लिग

काठमाडौं । सामसुङ कम्पनीलाई ठूलो धक्का लागेको छ । कम्पनीले उत्पादनमा गरेका विभिन्न ६१

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यसूची तय भएको

काठमाडौँ । पूर्वमन्त्री तथा माओवादी नेतृ रेखा शर्मालाई नेकपा (माओवादी केन्द्र)ले राजकीय मामिला तथा