Logo
७ कार्तिक २०७८, आईतवार
     Sun Oct 24 2021
E-paper
  English Edition
   Unicode
Logo

प्रदेश नं १ मा थप ९३ सङ्क्रमित



विराटनगर । विगत लामो समयपछि प्रदेश नं १ मा आज सबैभन्दा कम ९३ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ ।

जसमा ३५० जनाको पिसीआर परीक्षण गर्दा ७९ र २३४ जनाको एन्टिजेन परीक्षण गर्दा १४ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कोरोना सङ्क्रमण प्रदेशमा पाँच जिल्ला मोरङमा २८ मध्ये विराटनगरमा २२, सुनसरीमा २७, झापामा २२, धनकुटा र प्रदेश बाहिरका एक/एक जनामा सङ्क्रमण भएको हो । स्थानीय पालिकाअनुसार मोरङको सुन्दरहरैचामा तीन, जहदा, मिक्लाजुङ र बुढीगङ्गामा एक/एक, सुनसरीको धरान र इटहरीमा नौ/नौ, दुहवीमा चार, इनरुवामा तीन, बराहक्षेत्र र स्थानीय तह नखुलेका एक/एक, झापाको भद्रपुरमा १२, दमकमा चार, बिर्तामोड, मेचीनगर, कनकाई, गौरादह, कमलगाउँपालिका र स्थानीय तह नखुलेका एक/एक, धनकुटाको धनकुटा नगरपालिका र प्रदेश बाहिरका एक/एक जनामा सङ्क्रमण भएको मन्त्रालयले जनाएको छ ।

प्रदेशमा आजै १४३ महिलासहित २७९ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने दुई महिलाको मृत्यु भएको बताइएको छ ।
रासस

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सर्वोच्च अदालतका १४ जना न्यायाधीशहरुले सोमबारका लागि बोलाइएको फुलकोर्ट बैठक बहिस्कार गर्ने

७ कार्तिक, काठमाडौँ । नेपाली राष्ट्रिय टिमका फरवार्ड खेलाडी विमल घर्तिमगरले ए डिभिजन लिग

काठमाडौं । सामसुङ कम्पनीलाई ठूलो धक्का लागेको छ । कम्पनीले उत्पादनमा गरेका विभिन्न ६१

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यसूची तय भएको

काठमाडौँ । पूर्वमन्त्री तथा माओवादी नेतृ रेखा शर्मालाई नेकपा (माओवादी केन्द्र)ले राजकीय मामिला तथा