back

‘मेरा पिक’ हिमालको सफलतापूर्वक अध्ययन आरोहण

वि.सं.२०७८ असोज २३ शनिवार

333 

shares
NTC AD
Global IME AD

सोलुखुम्बु । बाह्र विद्यार्थीसहित १८ जनाको टोलीले सोलुखुम्बुमा पर्ने ‘मेरा पिक’ हिमालको सफलतापूर्वक अध्ययन आरोहण गरेका छन् । नेपाल माउन्टेन एकेडेमी प्रथम व्याजका १८ विद्यार्थीले उक्त हिमालको अध्ययन आरोहण गरेका हुन् ।

अध्ययन आरोहणका व्यवस्थापक रिफ्युज मेरा लजका सञ्चालक जाङ्बु शेर्पाका अनुसार असोज १ गते काठमाडौँबाट उक्त टोली सडकमार्ग हुँदै मेरा पिकतर्फ हिँडेको थियो । एकेडेमीका १५ विद्यार्थीसहित २१ जनाको टोली अध्ययन आरोहणमा निस्किएको भए पनि तीन जना भने चुचुरोमुनिबाट फिर्ता भएको शेर्पाले बताए ।

पाँच हजार ८०० मिटर उचाइको हाइक्याम्पबाट शुक्रबार बिहान ३ बजे आरोहण सुरु गरेको अध्ययन आरोहण टोली ९ः४८ मा चुचुरोमा पुगेको थियो । अठार जना चुचुरो पुग्नेमा १२ विद्यार्थी र छ शैक्षिक तथा व्यवस्थापकीय क्षेत्रका व्यक्ति रहेको शेर्पाले जानकारी दिए ।

उनले दिएको जानकारी अनुसार १२ विद्यार्थीमा सौरव नेपाल, अनिश दाहाल, सञ्जय भट्ट, प्रान्जल पोखरेल, अनुप्रस्त पौडेल, पासाङ नुरु शेर्पा, प्रशान्त राउत, निरेन महर्जन, डोल्मा लामा, अशोक नेपाल, सुशान्त ढुङ्गेल र पोशन शाही छन् । यस्तै एकेडेमीका कार्यकारी निर्देशक रोमनाथ ज्ञवाली, निर्देशक उत्तम भट्टराई, सञ्चालन समिति सदस्य तथा गाइड छिरिङ जाङ्बु शेर्पा, माउन्टेन गाइड हरेराम खड्का, लाक्पा शेर्पा र अक्याडेमिक सुपरभाइजर डा वसन्त पौडेल रहेका छन् ।

छ हजार ४७० मिटर उचाइको मेरा पिक मकालु बरुण राष्ट्रिय निकुञ्जअन्तर्गत सोलुखुम्बुको महाकुलुङ गाँउपालिका-१ मा पर्छ । नेपालको सबैभन्दा अग्लो टे«किङ पिक मेरा पिकको आधार शिविर चार हजार ९०० मिटर उचाइमा रहेको छ । विसं २०५९ जेठ १६ मा नेपाल सरकारको निर्णयानुसार राजपत्रमा सूचना प्रकाशन गरेर नेपाल माउन्टेन एकेडेमी स्थापना भएको हो । यो हिमाल आरोहणसम्बन्धी स्नातक कोर्स बिएमएस सञ्चालन गर्ने विश्वको प्रथम एकेडेमीका रूपमा परिचित छ । यहाँ विसं २०७५ कात्तिकबाट कक्षा सञ्चालन भएको थियो ।

मेरा पिक हुँदै सगरमाथा आरोहणको यात्रासमेत तय गर्न सकिने भए पनि प्रचार-प्रसार नुहँदा ओझेलमा परेको बताउँदै सञ्चालक शेर्पाले यसको प्रवद्र्धनका लागि ती विद्यार्थीलाई अध्ययन भ्रमणमा ल्याएको बताए ।
रासस

 

वि.सं.२०७८ असोज २३ शनिवार २१:३६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
महिला सशक्तीकरणको प्रमुख आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री ‘प्रचण्ड’

महिला सशक्तीकरणको प्रमुख आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख...

स्नातक छोरीबुहारीलाई नगरपालिकामा रोजगारी

स्नातक छोरीबुहारीलाई नगरपालिकामा रोजगारी

इलाम । सूर्योदय नगरपालिका–१ बाङ्गीनकी स्वस्तिका शाहलाई निःशुल्क छात्रवृत्तिमा स्नातक...

तीन वर्षदेखि सुनसान अध्यागमन कार्यालय

तीन वर्षदेखि सुनसान अध्यागमन कार्यालय

नेपालगञ्ज । बाँकेको जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन...

प्राविधिक शिक्षालयले छात्रछात्रालाई व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै

प्राविधिक शिक्षालयले छात्रछात्रालाई व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै

गलेश्वर (म्याग्दी) । विद्यालयमा पढाइसँगै तरकारी खेती र मौरीपालन गरेर...

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका पत्रकारहरुको साझा संस्था...

डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु

डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु

डोटी । वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको...