Logo
७ कार्तिक २०७८, आईतवार
     Sun Oct 24 2021
E-paper
  English Edition
   Unicode
Logo

लुम्बिनीमा मन्त्रिपरिषद विस्तार, कसले कुन मन्त्रालयकाे जिम्मेवारी पाए ?



काठमाडाैं । गत साउन २८ गते मुख्यमन्त्रीको शपथ लिएका कुलप्रसाद केसीले ६० दिनपछि मन्त्रिपरिषद् विस्तार गरेका छन् । आइतबार ६ मन्त्री र ४ राज्यमन्त्री थप्दै उनले मन्त्रिपरिषद्लाई पूर्णंता दिएका हुन् ।

नवनियुक्त मन्त्रीहरुले आइतबार नै पद तथा गोपनीयताको शपथ पनि लिएका छन् । मुख्यमन्त्रीको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले मन्त्री र राज्यमन्त्रीहरूलाई शपथ खुवाएका हुन् । पछिल्लाे विस्तारसँगै केसी नेतृत्वकाे मन्त्रिपरिषद् १७ सदस्यीय बनेकाे छ ।

कुन मन्त्रालयकाे जिम्मेवारी कसले पाए ?

आइतबार शपथ लिनेमा कांग्रेसबाट मन्त्री बनेका वीरबहादुर रानाले ऊर्जा, जलस्रोत तथा सिँचाइ, सुरेन्द्र हमालले वन वातावरण तथा भू-संरक्षण र वसिउद्दिन खाँले शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्रालयकाे जिम्मेवारी पाएका छन् । त्यस्तै माओवादी केन्द्रबाट मन्त्री बनेका इन्द्रजित थारुले स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण, तिलकराम शर्माले आन्तरिक मामिला तथा सञ्चारकाे जिम्मेवारी पाएका छन् ।

नेकपा एकीकृत समाजवादीकी रमा घर्तीले कानून, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयकाे जिम्मेवारी पाएकी छिन् ।

त्यस्तै कांग्रेसबाटै अर्जुनकुमार श्रेष्ठ ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री र रिना नेपाल विकले पर्यटन राज्यमन्त्रीमा शपथ लिएका छन् । माओवादी केन्द्रबाट स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री बनेकी दाङकी विमला खत्री वली र कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था राज्यमन्त्री बनेकी सुष्मा यादवले पनि शपथ लिएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सर्वोच्च अदालतका १४ जना न्यायाधीशहरुले सोमबारका लागि बोलाइएको फुलकोर्ट बैठक बहिस्कार गर्ने

७ कार्तिक, काठमाडौँ । नेपाली राष्ट्रिय टिमका फरवार्ड खेलाडी विमल घर्तिमगरले ए डिभिजन लिग

काठमाडौं । सामसुङ कम्पनीलाई ठूलो धक्का लागेको छ । कम्पनीले उत्पादनमा गरेका विभिन्न ६१

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यसूची तय भएको

काठमाडौँ । पूर्वमन्त्री तथा माओवादी नेतृ रेखा शर्मालाई नेकपा (माओवादी केन्द्र)ले राजकीय मामिला तथा