Logo
७ कार्तिक २०७८, आईतवार
     Sun Oct 24 2021
E-paper
  English Edition
   Unicode
Logo

आज देशैभरी थपिए ५९६ कोरोना संक्रमित, १० जनाको मृत्यु



काठमाडौं । आज देशैभरी ५९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको १२ हजार ४०४ नमुना परीक्षणमा ५९६ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थपिएका ५९६ जनासँगै हालसम्म पिसीआर र एन्टिजेन विधिबाट गरिएको ४९ लाख ३ हजार ९०० नमुना परीक्षणमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ८ लाख ९५ हजार १९२ पुगेको छ । साथै कूल संक्रमितमध्ये ७ लाख ७५ हजार ९४३ जना निको भइसकेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८७१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

त्यसैगरी आज १० जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । आज मृत्यु भएका १० जनासँगै हालसम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार २३१ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशैभरी १५ हजार २४ जनामा कोरोना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये १३ हजार ८५९ जना होम आइसोलेशन र ११६५ जना संस्थागत आइसोलेसन सेन्टरमा रहेका छन् ।

त्यस्तै देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा ३२२ जना संक्रमितको उपचार भइरहेको छ भने ११३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ७८ हजार ९२७ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको मन्त्रालयको विवरणमा उल्लेख छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सामसुङ कम्पनीलाई ठूलो धक्का लागेको छ । कम्पनीले उत्पादनमा गरेका विभिन्न ६१

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यसूची तय भएको

काठमाडौं । हाल नेपालको मध्य भाग आसपास अवस्थित न्यून चापिय क्षेत्रको सामान्य प्रभाव रहेको

काठमाडौँ । पूर्वमन्त्री तथा माओवादी नेतृ रेखा शर्मालाई नेकपा (माओवादी केन्द्र)ले राजकीय मामिला तथा