back

च्याउ खेती गरेर विश्वका उत्कृष्ट दस महिलामा परेकी दिलकुमारीलाई मुख्यमन्त्रीद्धारा सम्मान

वि.सं.२०७८ असोज २५ सोमवार

144 

shares
NTC AD
Global IME AD

पाल्पा । अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्न सफल पाल्पाको तिनाउ गाउँपालिका–३, झुम्सा दोभानकी दिलकुमारी रोका मगर (घर्ती)लाई पाल्पामा सम्मान गरिएको छ । वुमन वल्र्ड समिट फाउन्डेसन (डब्लुडब्लुएसएफ) जेनेभा, स्विट्जरल्यान्डले हरेक वर्ष प्रदान गर्ने एक हजार डलर राशिको अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गनए उनी सफल भएकी हुन् ।

पाल्पाको तिनाउ गाउँपालिकाको दोभानमा च्याउ उत्पादन गर्ने र अन्य महिलाहरूलाई च्याउ खेतीमा आकर्षित गर्ने घर्तीले अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेकी हुन् । डब्ल्युडब्ल्युएसएफले २०२१ का लागि विश्वका ग्रामीण क्षेत्रमा काम गर्ने साहसी र अग्रणी सिर्जनशील १० महिलाहरूको सूचीमा घर्तीको पनि नाम सार्वजनिक गरेको थियो । पुरस्कार प्राप्त गर्ने साहसिक महिला घर्तीले आफूले प्राप्त गरेको पुरस्कार आफ्नो नभई सबैको साझा पुरस्कार भएको बताइन् ।

तिनाउ गाउँपालिकाभित्र सङ्घसंस्थाको पहलमा आइतवार सम्मान निम्ति आयोजित कार्यक्रममा लुम्बिनी प्रदेश सरकार मुख्यमन्त्री कुलप्रसाद केसीले उनले प्राप्त गरेको अन्तर्राष्टिय पुरस्कारले प्रदेशकै नाम चिनाउन सफल भएको बताउँदै । नेपालको ग्रामीण क्षेत्रलाई चिनाउन सफल भएको र यस्ता सफल उद्यमी महिलाले सञ्चालन गरेको अभियानलाई मिसनका रूपमा सञ्चालन गर्ने र गरिबी हटाउने समेत बताए ।

च्याउ उत्पादन गरी देश तथा विदेशमा आफ्नो नाम कमाउन सफल घर्ती मगरले रुपान्तरणका लागि अहम् भूमिका खेलेकी छन् । लुम्बिनी प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले च्याउ उत्पादन गरी श्रीमतीको नामबाट श्रीमान् चिनाउने महिला बनेको बर्ता । उनले ग्रामीण क्षेत्रका महिलाहरूले पनि गरिबी हटाउने अभियान सक्रियता देखाएको यो नमूना काम भएको बताए । एउटा महिलाको प्रयासले समाज रुपान्तरण हुनु राम्रो पक्ष भएको र अन्य महिलाहरू पनि घर्तीको अभियान लाग्नुपर्ने बताए ।

ग्रामीण क्षेत्रमा बसोबास गरी निरक्षर तथा साक्षर महिलालाई च्याउ खेतीमा आकर्षित गरी स्वरोजगार बनाउन घर्तीको भूमिका महत्वपूर्र्ण रहेको छ । उत्पादक समूह, सहकारी समूह र साना किसान कृषि सहकारीबाट ५५० महिलालाई सङ्गठित नेतृत्व गर्न घर्ती सफल भएकी छन् ।

घर्ती नेकपा (माओवादी)मा विसं २०५३ देखि २०६३ सम्म दस वर्ष भूमिगत जीवन बिताउने साहसिक महिला हुन् । च्याउ उत्पादन गरी विश्वमा नाम राख्न सफल घर्तीले आफ्ना अनुभव सुनाइन् । आफूले प्राप्त गरेको पुरस्कारबाट अन्य महिलालाई आर्थिक सामाजिक रूपमा सबल बनाउनका लागि प्रतिष्ठान स्थापना गर्ने उनले घोषणा गरिन् ।

वि.सं.२०७८ असोज २५ सोमवार ०८:१३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका पत्रकारहरुको साझा संस्था...

डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु

डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु

डोटी । वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको...

सुदूरपश्चिमसहित पाँच प्रदेशमा मध्यम वर्षाको सम्भावना !

सुदूरपश्चिमसहित पाँच प्रदेशमा मध्यम वर्षाको सम्भावना !

काठमाडौँ । केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको बदली भोलि...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा

धरान । इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल...

कैलालीका किसानको चैते धान खेतमिा आकर्षण बढ्दै

कैलालीका किसानको चैते धान खेतमिा आकर्षण बढ्दै

भजनी (कैलाली) । कैलालीको भजनी नगरपालिका–६ का पतीराम चौधरीले नौ...

बगानमै कुचो छाड्न बाध्य भए किसान

बगानमै कुचो छाड्न बाध्य भए किसान

फिक्कल (इलाम) । कुचो काट्ने खेतालालाई दिने ज्यालासमेत नपुग्ने भएपछि...