Logo
७ कार्तिक २०७८, आईतवार
     Sun Oct 24 2021
E-paper
  English Edition
   Unicode
Logo

जन्ती बोकेको जिप दुर्घटनामा चारको मृत्यु, १४ घाइते



डोटी । अछामको पञ्चदेवल विनायक नगरपालिका–१ मा से१च १७६३ नम्बरको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १४ घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार गए राति ११ बजेतिर जन्ती बोकेर विनायक बजारतर्फ फर्किने क्रममा उक्त जिप दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार दुर्घटनामा परी पञ्चदेवल विनायक नगरपालिका–३ का १६ वर्षीय जीवन जैसी, सोही वडामा १८ वर्षीय सर्प बोहरा, १३ वर्षीय जीवन न्यौपाने र १५ वर्षीय हिमाल नेपालीको मृत्यु भएको छ । जैसीको घटनास्थलमै मृत्यु भएको छ भने अन्य तीन जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।

घाइते भएकामध्ये दुईलाई थप उपचारका लागि गए राति नै नेपालगञ्ज पठाइएको छ र अन्य १२ जनाको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक तुलसीराम अर्यालले बताए ।

“गम्भीर अवस्थामा रहेका दुई जनालाई हामीले नेपालगञ्ज पठाइसकेका छौँ, अन्यको जिल्ला अस्पतालमा उपचार भइरहेको छ, उपचार भइरहेकाको अवस्था जटिल छैन ।’ उनले भने, ।

जिप अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सर्वोच्च अदालतका १४ जना न्यायाधीशहरुले सोमबारका लागि बोलाइएको फुलकोर्ट बैठक बहिस्कार गर्ने

७ कार्तिक, काठमाडौँ । नेपाली राष्ट्रिय टिमका फरवार्ड खेलाडी विमल घर्तिमगरले ए डिभिजन लिग

काठमाडौं । सामसुङ कम्पनीलाई ठूलो धक्का लागेको छ । कम्पनीले उत्पादनमा गरेका विभिन्न ६१

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यसूची तय भएको

काठमाडौँ । पूर्वमन्त्री तथा माओवादी नेतृ रेखा शर्मालाई नेकपा (माओवादी केन्द्र)ले राजकीय मामिला तथा