Logo
७ कार्तिक २०७८, आईतवार
     Sun Oct 24 2021
E-paper
  English Edition
   Unicode
Logo

क्रियटिभ नेपाल युथ अर्गनाइजेसन सन फ्रान्सिस्को क्यालिफोर्नियामा पुण्य कार्की



क्रियटिभ नेपाल युथ अर्गनाइजेशनको चौथो साधारणसभाले नयाँ कार्यसमितिको निर्विरोध चयन गरेको छ । गत शनिबार सन फ्रान्सिस्कोमा सम्पन्न संस्थाको अधिवेशनले समाजसेवी पुण्य कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेको हो ।

संस्थामा स्थापना कालदेखी सक्रिय रहेका कार्की यसअघि संस्थाको सचिब, महासचिब र उपाध्यक्ष लगायतका पदमा रहेर काम गरिसकेका व्यक्ति हुन् ।
नवनिर्वाचित कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा पुस्कर रेग्मी, उपाध्यक्षमा प्रतिमा दुलाल, महासचिवमा गणेश शर्मा, सहसचिवमा दिपेश पाण्डे, कोषाध्यक्षमा बिनय दाहाल तथा सहकोषाध्यक्षमा तानिया आचार्य निर्वाचित भएका छन् ।

साथै संचालक समिति सदस्यहरुमा धुर्व बश्याल, सन्देश शिवाकोटी, सबिन प्रधान, रवि श्रेष्ठ, बसन्त दाहाल, दिलिप ढकाल मनि पौडेल तथा राहुल साह चयन भएका छन् ।

त्यसैगरी संस्थाको सल्लाहकारहरुमा ईश्वर सिटौला र नुरेन बराल रहेका छन् । निर्वाचन समितिका संयोजक धर्मेन्द्र पराजुलीले सर्वसम्मत कार्यसमितीको घोषणा गरेका थिए ।

अधिवेशन कार्यक्रमको अध्यक्षता संस्थाको अध्यक्ष शशि प्रसाई र प्रमुख अतिथीमा नेपाली एशोसियसन अफ नर्थन क्यालिफोर्नियाका सभापति ईश्वर सिटौला, मनीष पौडेल, उत्तम कार्की, नुरेन बराल, तेज लिम्बू, प्रेतेश कार्की तथा सुबाश थापा लगायतले शुभकामना मन्तब्य दिएका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सर्वोच्च अदालतका १४ जना न्यायाधीशहरुले सोमबारका लागि बोलाइएको फुलकोर्ट बैठक बहिस्कार गर्ने

७ कार्तिक, काठमाडौँ । नेपाली राष्ट्रिय टिमका फरवार्ड खेलाडी विमल घर्तिमगरले ए डिभिजन लिग

काठमाडौं । सामसुङ कम्पनीलाई ठूलो धक्का लागेको छ । कम्पनीले उत्पादनमा गरेका विभिन्न ६१

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यसूची तय भएको

काठमाडौँ । पूर्वमन्त्री तथा माओवादी नेतृ रेखा शर्मालाई नेकपा (माओवादी केन्द्र)ले राजकीय मामिला तथा