back

रुपन्देहीको मोतिपुर घटनाः ३२ प्रहरी र अन्य १६ जना घाईते, (घाईते हुनेहरुको नामावलीसहित)

वि.सं.२०७८ असोज २५ सोमवार

231 

shares
NTC AD
Global IME AD

रुपन्देही । रुपन्देहीको मोतिपुर क्षेत्रमा आइतवार भएको प्रहरी र सुकुम्बासीहरुको बीचमा झडपका क्रममा गोली चल्दा ४ जनाको मृत्यु भएको छ ।

ती मध्ये एकजनाको सनाखत भएको छ । गृहमन्त्रालयका अनुसार सुनाखत हुनेमा कपिलवस्तु वाणगंगा १० का २० वर्षीय रमेश परियार रहेका छन् । उनको आइतवार बेलुका ६ बजे उपचारका क्रममा मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ । साथै मृत्यु भएका अन्य तीनजनाको अझै सनाखत भएको छैन ।

झडपका क्रममा प्रहरीको गोली लागेर अन्य पाँचजना गम्भीर घाइते भएका छन् । ती मध्ये नवलपरासी पश्चिम बर्दघाट नगरपालिका ४ का २३ वर्षीय विजय साहनीको अवस्था गम्भीर रहेको छ । उनको कम्मरमा गोली लागेको छ ।

त्यस्तै गुल्मीका ३२ को जंग ब. परियारको छातीमा चोट लागेको, पाल्पाका ३५ वर्षीय गम्भीर सिंहको पेटमा चोट लागको छ । उनीहरुको भैरहवा मेडिकल कलेजमा उपचार भइरकेको छ भने उनीहरुको अवस्था पनि गम्भीर रहेको छ ।

त्यस्तै न.प. पश्चिम प्रतापुर गाउपालिका–६ का २२ वर्षीय सर्बेस केवटको पेटमा चोट लागेको छ भने तानसेन न.पा. १ का ३८ वर्षीय प्रेम कामीको पेटमा चोट लागेको छ । उनको अवस्था गम्भीर रहेको बताइएको छ ।

त्यस्तै नवलपरासी पश्चिम बर्दघाट न.पा. ६ का ३० वर्षीय विष्णु परियारलाई गोली लागेको र अवस्था मध्ययम रहेको बताइएको छ भने रुपन्देहीको सैनामैना न.पा. ८ का ३२ वर्षीय सन्तोष विक खुट्टामा गोली लागेको छ । उनको अवस्था पनि मध्यम रहेको बताइएको छ ।

पाल्पाको तिनाउ गाउपालिका २ का १९ वर्षीय समिर थापाको कुर्कुचामा गोली लागेको, रुपन्देही बुटवल उ.म.न.पा.१३ का ३४ वर्षीय टुकबहादुर बुढाप्रितीको घाँटीमा सामान्य काटेको, उ.म.न.पा.१७ का ६२ को ज्ञानबहादुर गुरुङको हातमा काटेको,ऐ.ओमसतीया गा.पा.३ बस्ने ६३ वर्षीया मनरुमा झाको, टाउकोमा चोट लागेको र अवस्था सामान्य रहेको बताइएको छ ।

त्यस्तै रुपन्देही बुटवल उ.म.न.पा.११ का २२ वर्षीय सुजन थापाको टाउकोमा चोट र ऐ.२ बस्ने वर्ष ३४ वर्षीय सुजन परियारको साप्रामा काटेको,ऐ. ११ का ५२ वर्षीय त्रिचन्द्र कुर्मीको आंखाको परेलामा चोट लागेको र अर्घाखाँची बलकोट गा.पा. २ का २४ वर्षीय मेघराज कुमाल सामान्य घाईते भएको बताइएको छ ।

त्यस्तै पाल्पा रिब्दीकोट गाउपालिका २ बस्ने बर्ष ४३ को भीमबहादुर कार्कीको दाहिने खुट्टामा गोली लागेको र उनको अवस्था मध्यम रहेको बताइएको छ । साथै दाङको हापुर १ बस्ने वर्ष ३१ का मेघ बहादुर रोक्का क्षेत्रीको कानमा चोट लागेको र अवस्था सामान्य रहेको छ ।

यी हुन् घाइते भइ उपचाररत प्रहरी
प्रनानि नबिन चालीसे, प्रज रिजन थापा, प्रज गोविन्द चौधरी, प्रज झविन्द्र परियार, प्रज विनोद परियार, प्रज अनिता कुँवर, प्रज मेघराज पुन, प्रज राकेश यादव, प्रज राज लौनिया, प्रज जितेन्द्र पुन, प्रज जगवीर पुन, प्रज प्रदीप ठाकुर, प्रज सुर्यनाथ रेग्मी, प्रनानि भरतराज पन्थी, प्रज जय कुमार चौधरी, प्र.ना.नि.बाबुराम घिमिरे, प्रनाउ मदन कुँवर, प्र.नि. चक्र बहादुर डरमपाल, प्रह जगन्नाथ डाँगी, प्रज बिरेन्द्र सुनारी, प्रज झरना परियार, प्रज लिला वली, प्रज सुजन सोमरे, प्रज अजय कुँवर, प्रज मनराज घर्तीमगरको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ भने प्र.स.नि.बिमला विक उपचारपछि डिस्चार्ज भएकी छन् ।

त्यसैगरी प्रज निरशंकर केसी, प्रज सुरेन्द्र रोका, प्रज खगेन्द्रप्रसाद यादव, प्रज महेन्द्र वली, प्रज अभिषेक बस्नेत, प्रज टेक ब. पल्ली, प्रज भरत गयल मगरको पनि मेडिकल कलेज भैरहवामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

वि.सं.२०७८ असोज २५ सोमवार १०:१७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
भारतमा ट्याक्सी दुर्घटना हुँदा दशको मृत्यु

भारतमा ट्याक्सी दुर्घटना हुँदा दशको मृत्यु

रमबन (भारत) । भारतको जम्मु र श्रीनगर राष्ट्रिय राजमार्गमा पर्ने...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको हालसम्म...

बचतकर्ताद्वारा सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग

बचतकर्ताद्वारा सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग

चितवन । चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि यहाँका बचतकर्ताले...

पेस्तोलसहित ताप्लेजुङका प्रशान्त पक्राउ

पेस्तोलसहित ताप्लेजुङका प्रशान्त पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको...

सेनाको जागिर छाडेर ‘अर्ग्यानिक’ व्यवसायबाट राम्रो आम्दानी गर्दै तिला गाउँका नेपाली

सेनाको जागिर छाडेर ‘अर्ग्यानिक’ व्यवसायबाट राम्रो आम्दानी गर्दै तिला गाउँका नेपाली

कर्णाली । गरिबी, भोक र अशिक्षाले दबिएको परिवारमा जन्मेका तिला...

कानुन प्रभावकारी रुपमा कार्यान्वयन हुन नसक्दा बालविवाह बढ्दै

कानुन प्रभावकारी रुपमा कार्यान्वयन हुन नसक्दा बालविवाह बढ्दै

खजुरा (बाँके) । बाँकेमा ‘बिहेवारी बीस वर्षपारि’ अभियानलाई सफल बनाउन...