Logo
७ कार्तिक २०७८, आईतवार
     Sun Oct 24 2021
E-paper
  English Edition
   Unicode
Logo

बिवाह बन्धनमा बाँधिए चर्चित हास्यकलाकार मनोज गजुरेल



काठमाडौं । चर्चित हास्यकलाकार मनोज गजुरेल बिबाह बन्धनमा बाँधिएका छन् ।

यसअघि विभिन्न मिडियामा आफु छिट्टै विवाह बन्धनमा बाँधिने बताएका गजुरेलले सोमबार न्यायसेवाकी अधिकृत मन्जु पोखरेलसँग विवाह बन्धनमा बाँधिएको सामाजिक संजालमार्फत् जानकारी दिएका छन् ।

May be an image of 2 people and people standing

गजुरलेले सोमबार बिहान डोलेश्वर महादेवको मन्दिरमा पुगेर परिवारको उपस्थितिमा विवाह गरेको जानकारी दिएका छन् ।

‘अनि, सपरिवार मानवसेवा आश्रम (कौशलटार)मा रहेका बुवाआमालाई खाना खुवाएर/खाएर विवाह सम्पन्न गरेका छौँ । परिस्थिति सिर्जित हाम्रो यो नयाँ अध्यायलाई शुभकामना र आशिर्वाद प्रदान गर्ने सबैलाई धन्यवाद ।’ उनले भनेका छन् ।

मन्जुसँग दोस्रो विवाह गरेका गजुरेले आफू र मन्जु एउटै परिवेश र भोगाइबाट गुज्रिएको बताउँदै अन्ततः दुवैले सहयात्रा गर्ने निर्णयमा पुगेको  गजुरेलले लेखेका छन् ।
May be an image of 2 people and people standing
‘बिगतका अराजक अन्तर्वार्ता, असामाजिक क्रियाकलाप तथा अभद्र व्यवहारका कारण म र मेरा छोराछोरीले ठूलो आघातबाट गुज्रनु परेको छ । त्यस्ता क्रियाकलापलाई स्थान दिने, उचाल्ने र गिजोल्ने युट्युब, अनलाइन समाचार, टिकटक लगायत संजालका प्रयोगकर्ताहरुलाई पनि भद्र सुझाव छ– कृपया एउटा जिम्मेवार अभिभावक भएर बोल्ने र लेख्ने गर्नुहोला । सामाजिक सन्जालको चरम दुरुपयोगले आफू र आफ्ना सन्तानलाई पार्न सक्ने गंभिर असरलाई पनि महशुस गर्नुहोला ।’ गजुरेलले मिडियालाई अनुरोध गर्दै गजुरेलले भनेका छन् ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सर्वोच्च अदालतका १४ जना न्यायाधीशहरुले सोमबारका लागि बोलाइएको फुलकोर्ट बैठक बहिस्कार गर्ने

७ कार्तिक, काठमाडौँ । नेपाली राष्ट्रिय टिमका फरवार्ड खेलाडी विमल घर्तिमगरले ए डिभिजन लिग

काठमाडौं । सामसुङ कम्पनीलाई ठूलो धक्का लागेको छ । कम्पनीले उत्पादनमा गरेका विभिन्न ६१

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यसूची तय भएको

काठमाडौँ । पूर्वमन्त्री तथा माओवादी नेतृ रेखा शर्मालाई नेकपा (माओवादी केन्द्र)ले राजकीय मामिला तथा