Logo
७ कार्तिक २०७८, आईतवार
     Sun Oct 24 2021
E-paper
  English Edition
   Unicode
Logo

एनआरएनएको पूर्वनिर्धारित १० औँ महाधिवेशन स्थगित



काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को पूर्वनिर्धारित १०औँ महाधिवेशन तथा विश्व सम्मेलन स्थगित भएको छ ।

एनआरएनएको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको आइतबार भएको भर्चुअल बैठकले २०२१ अक्टोबर २३ देखि २५ मा हुने भनिएको १०औँ अन्तर्राष्ट्रिय महाधिवेशन, निर्वाचन र गैरआवासीय नेपाली विश्व सम्मेलन हाललाई स्थगित गर्ने निर्णय गरेको हो ।

परराष्ट्र मन्त्रालयको सुझावअनुसार पूर्वनिर्धारित सम्मेलन स्थगित गरिएको एनआरएनएका प्रवक्ता डिबी क्षेत्रीले आज विज्ञप्तिमार्फत जानकारी दिएका छन् । उनका अनुसार कानूनविद् र अन्य सम्बन्धितसँग परामर्श गरी यथाशीघ्र महाधिवेशनको नयाँ मिति तोक्ने निर्णय पनि बैठकले गरेको छ ।

एनआरएनएका अध्यक्ष कुमार पन्तको सभापतित्वमा भएको बैठकमा संस्थाको १० औँ अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधिबारे उत्पन्न विवादका सम्बन्धमा परराष्ट्र मन्त्रालयबाट प्राप्त पत्रका सम्बन्धमा छलफल भएको जनाइएको छ ।

अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठक बसेर यस विशेष परिस्थितिमाथि छलफल गरी थप निर्णय गरिने जनाउँदै एनआरएनएले महाधिवेशनका लागि काठमाडौँ आइसकेका र आउन तयार रहेका प्रतिनिधिमा पुगेको असुविधाप्रति क्षमा मागेको छ ।

एनआरएनएको अध्यक्ष पदका लागि कुल आचार्य, रविना थापा र डा बद्री केसीले प्यानलसहित उम्मेदवारी तथा निर्वाचन प्रतिबद्धता पत्र सार्वजनिक गरिसकेका छन् ।

May be an image of text


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सर्वोच्च अदालतका १४ जना न्यायाधीशहरुले सोमबारका लागि बोलाइएको फुलकोर्ट बैठक बहिस्कार गर्ने

७ कार्तिक, काठमाडौँ । नेपाली राष्ट्रिय टिमका फरवार्ड खेलाडी विमल घर्तिमगरले ए डिभिजन लिग

काठमाडौं । सामसुङ कम्पनीलाई ठूलो धक्का लागेको छ । कम्पनीले उत्पादनमा गरेका विभिन्न ६१

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यसूची तय भएको

काठमाडौँ । पूर्वमन्त्री तथा माओवादी नेतृ रेखा शर्मालाई नेकपा (माओवादी केन्द्र)ले राजकीय मामिला तथा