Logo
७ कार्तिक २०७८, आईतवार
     Sun Oct 24 2021
E-paper
  English Edition
   Unicode
Logo

नेपालगन्जबाट मुगु जाँदै गरेको बस दुर्घटना हुँदा २३ जनाको मृत्यु



काठमाडौं । नेपालगन्जबाट मुगु जाँदै गरेको बस दुर्घटना हुँदा बसमा सवार यात्रुमध्ये २३ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार नेपालगन्जबाट मुगुको गमगढीतर्फ गइरहेको भे १ ख ३१६७ नम्बरको बस मंगलबार साढे १२ः५० मा छायानाथ रारा नगरपालिका ७ को पिनाटपने खोलमा २ सय मिटर तल खसेर दुर्घटना हुँदा त्यसमा सवार २३. जनाको मृत्यु भएको हो ।

मुगुका प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले दुर्घटनामा २३ जनाको मृत्यु भएको संचारमाध्यमलाई जानकारी दिएका छन् । उनले उद्धार कार्य जारी रहेको र घाईतेहरुलाई उपचारका लागि लैजान हेलिकप्टर मगाइएको समेत उनले जानकारी दिएका छन् ।

त्यसैगरी नगरपालिका प्रमुख हरिजङ्ग साहीले घटनामा २५–२६ जना घाईते भएको र केहीको अवस्था गम्भीर रहेको संचारमाध्यमलाई जनाएका छन् । विस्तृत विवरण आउन बाँकी ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सर्वोच्च अदालतका १४ जना न्यायाधीशहरुले सोमबारका लागि बोलाइएको फुलकोर्ट बैठक बहिस्कार गर्ने

७ कार्तिक, काठमाडौँ । नेपाली राष्ट्रिय टिमका फरवार्ड खेलाडी विमल घर्तिमगरले ए डिभिजन लिग

काठमाडौं । सामसुङ कम्पनीलाई ठूलो धक्का लागेको छ । कम्पनीले उत्पादनमा गरेका विभिन्न ६१

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यसूची तय भएको

काठमाडौँ । पूर्वमन्त्री तथा माओवादी नेतृ रेखा शर्मालाई नेकपा (माओवादी केन्द्र)ले राजकीय मामिला तथा