Logo
७ कार्तिक २०७८, आईतवार
     Sun Oct 24 2021
E-paper
  English Edition
   Unicode
Logo

राजनीतिक कुण्ठा र दमनबाट मोतीपुर सुकुम्बासी समस्या समाधान हुँदैन



 पहिला नेपालमा नागरिकता बाँड्दाँ जताततैबाट नेपाल आए जस्तै बुटवलमा घडेरी छेक्न जताततैबाट आफन्ती बोलाएको देखिन्छ ।

अस्ति २४ गते बुटवल उपमहानगर पालिकामा केही नेपाली दाजुभाइले ज्यान गुमाउनु भयो प्रहरीको गोलि लागेर ? वहाँहरु को को हुनुहुन्थ्यो सनाखत भएको थाहा छैन तर केही राष्ट्रिय नेता र टोलेहरुले एक पार्टी अर्को पार्टीलाई छेस्के हानेर भाषण र सामाजिक सञ्जाल रंग्याएका छन् । भित्री वास्तविकता त उचाल्ने उचालिनेलाई थाहा होला तर बाहिरी बास्तबिकता भने फरक छ ।

बिषय प्रबेश पहिला म ती नेपाली दाजुभाइ जस्ले आफ्नो अमुल्य जीवन गुमाउनु भयो वहाँहरु प्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दछु ।
बुटवलमा बस्ने अनि जंगल नजिक र खोलाको नजिकका जग्गा कब्जा गर्न दादागिरी, नेतागिरी गर्नेहरु नेताहरु टोले नेतादेखि मन्त्रालयसम्म पुगेका छन् । वास्तविक सुकुम्बासी भन्दा धनाढ्यहरुकै बसोवास छ, सुकुम्बासी बस्ती हुँदै शहर बनेका देबिनगर (जोगिकुटी– दिपनगर, हिलपार्कका काखहरुमा । सरकारले स्पष्ट नीति र जमिनको ब्यवस्थापन गर्न नसक्नुको कारण हो यी सबै घटनाक्रमहरु ।

मोति क्षेत्रको अहिलेको समस्या मोतिपुर औधोगिक क्षेत्र परियोजनासंग गासिएको छ। नेपाल सरकारले यो क्षेत्रलाई औधोगिक क्षेत्र घोषणा गरे पछि बिसौ वर्ष यो क्षेत्रमा कमाई गरेर बसेका अरु पनि जग्गाजमिन भएका गैर सुकुम्बासी, केही अन्त कतै जमिन नभएकादेखि हिजो आज गाउँ गाउँबाट समूह बनाएर दिउँस पाल टागेर बसेका सुकुम्बासी र गैरसुकुम्वासी सबैलाई एउटै डालामा राखेको देखिन्छ । यो नै समस्याको चुरो कुरो हो ।

औधोगिक कोरिडोरको विपक्षमा कुनै राजनैतिक दलको संगठनात्मक निर्णय त छैन तर ती दलहरुसंग सम्बन्धित मतदाता त्यहाँ हुनाले गोलमडोल कुरा गरेर भोट बटुलेका भने छन् । अमुक नेता अगाडि बढ्दा अरु नेताले असहयोग गर्ने र अर्को अगि सर्दा अर्कोको असहयोग । आजका सामाजिक सञ्जालमा मृत्युु हुनेहरु प्रति दया भन्दा यसैबाट बिष्णु ,घनश्याम, बालकृष्णलाई कलंकित पार्ने वा मुक्ति दिलाउने नै बढि ध्यान दिएको देखिन्छ । सबैलाई थाहा छ केही दिन पहिला बिष्णु पौडेलहरु त्यही क्षेत्रबाट ढुङ्गामुढा गरि लखेटिएका थिए शिलान्यास स्थलबाट नै ।

नेपालमा कुनै समस्या सृजना भयो भने त्यसमा गहिरिएर अनुसन्धान गरि जड समस्याका समाधानका उपाय खोज्ने चलन नै देखिएन । समस्यालाई ज्युँकातिहुँ राखि अब मन्त्रीको आयु धेरै छैन भन्ने बुझेर सिलान्यास, उद्घाटन प्रत्यक्ष र अन लाईन उद्घाटनहरुको बाढि नै आयो धरहरा, रेल, पुल लगायत स्वास्थ्य केन्द्र हुँदै बुटवल औधोगिक कोरिडोरसम्म । बुटवलको घटनालाई जोडेर राष्ट्रिय सुकुम्बासी आयोगको नाममा पार्टीको गुट बलियो बनाउन खोज्ने प्रवृत्तिलाई निस्तेज पार्न गरिएको आयोग खारेज गरि नयाँ आयोग बनाएको रिस र बिष्णु पौडेललाई लखेटिनुमा घनश्याम र बालकृष्णको हात छ भन्ने प्रमाणित गराउन खोजेको पनि देखिन्छ । अझ आज कति लाखले जग्गा धनी लालपुर्जा पाउथे तर आज गोली पाए भनेर मृत्युसंग राजनीति जोड्न थालेको पनि देखिन्छ ।

म प्रश्न सोध्न चाहन्छु-  ए राजनीतिको मुकुन्डो धारी हो देवी ज्ञवालीको आयोगले मोतिपुरका ती सुकुम्बासीलाई बस्न दिन्थ्यो कि औधोगिक कोरिडोर बनाउँथ्यो त्यो जमिनमा ? कि MCC जस्तै भित्र एउटा र बाहिर अर्को, सत्तामा हुदाँ एउटा र बाहिर हुदाँ अर्को कुरा हो यो मोतिपुर काण्ड ??? कोरिडोरको उद्घाटन गरेर बसिन्थ्यो कि यस भन्दा बढि अकल्पनीय घटना हुन्थ्यो ??? यो कल्पनाको बिषयको कुरा हो ।

मेरो बिचारमा यो घटनालाई गम्भीरतापुर्वक लिएर अब थप घटना हुन नदिन एउटा शक्तिशाली आयोग बनाउने र धेरै पहिलादेखि बसेकाहरुलाई दुई समुहमा बाँडेर समस्या समाधान गर्ने, त्यहाँ बाहेक अरु ठाउँमा जमिन नभएकालाई अन्त कतै उचित ब्यवस्थापन गर्ने र अरु ठाउँमा भएकाहरुलाई अरु ठाउँमा ब्यवस्थापनको जरुरी छैन तर केही सम्बोधन गर्नु पर्ने हुन्छ । जो कोरिडोरको घोषणा पछि आएर बसेका छन् तिनिहरु मध्य केही वास्तविक सुकुमवासीलाई सरकारले ब्यवस्थापन त गर्नै पर्छ तर बिदेशमा गएर मेहनत गरेर सम्पत्ति जोड्न भन्दा यहि ढुङ्गा मुढा गरि बुटवलमा घडेरी जोडी सम्पत्ति कमाउन खोज्ने महलवालाहरुलाई सबक सिकाउन र यस्तै लोभमा जुटाईएका गाउँलेहरुलाई कुरा बुझाउन जरुरी छ । पहिला नेपालमा नागरिकता बाँड्दाँ जताततैबाट नेपाल आए जस्तै बुटवलमा घडेरी छेक्न जताततैबाट आफन्ती बोलाएको देखिन्छ ।

सरकारले यस्को उचित निकास सहित समस्या समाधान गरोस् । प्रशासनिक दमन र राजनितिक कुन्ठाले समस्या जटिल हुन्छ । आफ्नो सम्पत्ति जोगाउन सुकुम्बासी खोजेर आफ्नो पक्षमा हुलदङ्गा गराउन ल्याएका जथ्था नै ती क्षेत्रका बासिन्दालाई समस्या भएका छन्, उनिहरुले पनि आफ्नो स्वार्थले अरुको ज्यान जोखिममा राख्न नपाउन ।। चेतना भया । – A stitch in time saves nine .


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सर्वोच्च अदालतका १४ जना न्यायाधीशहरुले सोमबारका लागि बोलाइएको फुलकोर्ट बैठक बहिस्कार गर्ने

७ कार्तिक, काठमाडौँ । नेपाली राष्ट्रिय टिमका फरवार्ड खेलाडी विमल घर्तिमगरले ए डिभिजन लिग

काठमाडौं । सामसुङ कम्पनीलाई ठूलो धक्का लागेको छ । कम्पनीले उत्पादनमा गरेका विभिन्न ६१

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यसूची तय भएको

काठमाडौँ । पूर्वमन्त्री तथा माओवादी नेतृ रेखा शर्मालाई नेकपा (माओवादी केन्द्र)ले राजकीय मामिला तथा