back

भाइद्वारा आफ्नै दाइको घाँटी रेटी हत्या

वि.सं.२०७८ असोज २६ मंगलवार

138 

shares
NTC AD
Global IME AD

रोल्पा । रोल्पामा भाइले दाइको घाँटी रेटी हत्या गरेका छन् । रोल्पा नगरपालिका–६ दार्बिट निवासी ४८ वर्षीय अमराज बुढाले आफ्नै दाइ ५६ वर्षीय पूर्णबहादुरको घाँटी रेटी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताए।

“हत्या भएको ठाउँलाई सुरक्षित राखेका थियौँ, नेपालगञ्जबाट तालिम प्राप्त कुकुरले आफ्नो सही ट्र्याक नछोडी सर्कल बनाएर हत्या गर्ने व्यक्तिको घरभित्र छिरेर पत्ता लगायो”, सुवेदीले भने । उनका अनुसार अमराज आफैँले पनि हत्या गरेको स्वीकारी सकेका छन् । प्रनाउ सुवेदीले भने, “राति एक्लै सुतिरहेको कोठामै पुगी आफ्नै कान्छो भाइले दाइको हत्या गरेको प्रहरी जानकारी दिएको छ ।”

पारिवारिक विवादका कारण हत्या गरेकोे बताइएको छ । कर्तव्य ज्यान मुद्दा शीर्षकमा हत्या अभियोगमा अनुसन्धान गरी प्रक्रिया अगाडि बढ्ने प्रनाउ सुवेदीले बताए। मृतक जालझेल गर्ने खालको नभएर इमान्दार तथा सोझो भएकोसमेत स्थानीयवासीले बताएका छन् । मृतककी श्रीमतीको पहिले नै मृत्यु भइसकेको छ । दुई छोरा विदेश गएको र जेठो छोराको बुहारी र छोरी दाङ बस्दै आएको बताइएको छ । मृतक बुढाको शवलाई रोल्पा अस्पताल रेउघामा परीक्षणका लागि लगिएको छ । रासस

वि.सं.२०७८ असोज २६ मंगलवार १९:५२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सुदूरपश्चिममा नाउपाका दुई मन्त्रीको तोकीयो जिम्मेवारी

सुदूरपश्चिममा नाउपाका दुई मन्त्रीको तोकीयो जिम्मेवारी

  सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति...

प्रादेशिक अस्पतालका समस्या समाधान गर्न प्रदेश सरकार तयार छः मन्त्री सिंह

प्रादेशिक अस्पतालका समस्या समाधान गर्न प्रदेश सरकार तयार छः मन्त्री सिंह

सिरहा । मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले प्रादेशिक...

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले गुणस्तरीय...

हात्तीको आक्रमणबाट महिलाको मृत्यु, श्रीमान घाइते

हात्तीको आक्रमणबाट महिलाको मृत्यु, श्रीमान घाइते

झापा । झापाको शिवसताक्षी नगरपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको...

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले आजदेखि सञ्चालन गरेको यस वर्षको...

भयावह बन्दै सडक दुर्घटना, ११ हजार बढीको मृत्यु

भयावह बन्दै सडक दुर्घटना, ११ हजार बढीको मृत्यु

काठमाडौँ । गत फागुन २३ गते बिहान ४.४० बजे सुलोचना...