Logo
७ कार्तिक २०७८, आईतवार
     Sun Oct 24 2021
E-paper
  English Edition
   Unicode
Logo

म्याग्दीका तीन गाउँ व्यावसायिक केरा खेतीमा, वार्षिक झण्डै १० लाख कमाई



धु्रबसागर शर्मा गलेश्वर । म्याग्दीका तीनवटा गाउँमा धान फल्ने खेत र कोदो फल्ने बारीभरि व्यावसायिक केरा खेती गरिएको छ । म्याग्दीको बेनी नगरपालिका–२ खबरा, बगरफाँट र रघुगङ्गा गाउँपालिका–२ राखु भगवतीमा धानखेत र बारीमा केरा खेती गरिएको हो ।

व्यावसायिकरुपमा गरिएको केराखेतीबाट यी तीन गाउँका किसानले अन्नबालीको तुलनमा पाँच गुणा बढी आम्दानी गर्दै आएका छन् । केरा बेचेर प्राप्त गरेको आम्दानीबाट गाउँमै आरसिसी घर ठडिएका छन् भने किसानका छोराछोरीले काठमाडौँ, पोखराजस्ता सहरमा बसेर शिक्षा आर्जन गरिरहेका छन् ।

बेनी नगरपालिका–२ खबराका किसान शोभित शर्माले केराखेती आफ्ना लागि आम्दानीको गतिलो माध्यम बनेको बताए । उनले केरा बिक्री गरेर वार्षिक रु आठदेखि १० लाखसम्म कमाई हुँदै आएको जानकारी दिए । करिब १४ रोपनी क्षेत्रफलको जग्गामा उहाँले केराखेती गरेका छन् । २०६५ सालदेखि व्यावसायिक कृषिमा होमिएका शर्माले १३ वर्षको यो अवधिमा तरकारी र फलफूलबाट नै युरोप अमेरिकाको कमाई गाउँमा नै गर्दै आएका छन् । केरा बेचेर भएको कमाईले उनले खबरामा भव्य आरसिसी घर बनाएका छन् भने छोराछोरीलाई इन्जिनियरिङ र नर्सिङ पढाई रहेका छन् ।

त्यसैगरी रघुगङ्गा गाउँपालिका–२ रिसिन चौतारीका युवा रमेशबहादुर कटुवालले १२ रोपनी क्षेत्रफलको जग्गामा व्यावसायिक केरा खेती गरेका छन् । आरम्भ कृषि तथा पशु फार्मबाट सुरु गरिएको व्यावसायिक केरा खेतीलाई मुख्य पेसासँगै एक हजार केराका बिरुवा लगाएको कटुवालले बताए । उनले फर्ममा व्यावसायिक रुपमा बाइस नङ्गे, मालढुङ्गे, ध्रुसे, चिनी लगायतका प्रजातिका केराखेती गरेका हुन् । उत्पादन गरेको केरा बिक्रीका लागि सदरमुकाम बेनी, पर्यटकीयस्थल घोरेपानी, मल्लाजलगायतको क्षेत्रबाट व्यापारीहरु आउने गरेकाले बिक्रीका लागि कुनै समस्या नरहेको किसान कटुवालले बताए । ४ वर्षदेखि सुरु गरेको केराखेतीबाट उनले वर्षमा रु तीन देखि चार लाख आम्दानी गर्दै आएका छन् । “अन्नबालीलाई जस्तो धेरै मिहिनेत र श्रम खर्च गर्नु नपर्ने र आम्दानी पनि छिटो हुने भएकाले अनुकूल हावापानी र सडकसँगै बजार सुविधाले ४ वर्षदेखि केराखेती विस्तारमा लागेको छु”, उनले बताए । शर्मा र कटुवालजस्तै तीन गाउँका दुई सयभन्दा बढी किसानले अन्यबालीभन्दा केराखेतीबाट तीन गुणा बढी आम्दानी गर्दै आएका छन् ।

बेनी नगरपालिका–२ को खबराको नाम नै परिवर्तन गरेर ‘केरा गाउँ’ राखिएको छ भने बगरफाँटमा पनि लहलहै धान फल्ने खेतका गह्रामा रहरलाग्दो तरिकाले केराखेती गरिएको स्थानीय किसान दुर्गाबहादुर थापाले बताए । खबरामा केरा बिक्री गरेर मात्रै वर्षमा रु डेढ करोडभन्दा बढी आम्दानी हुने त्यहाँका अगुवा किसान चन्द्रबहादुर कार्कीको भनाइ छ । खबरा, बगरफाँट र रिसिन चौतारीका प्रत्येक कृषकले केराखेती गरेका छन् । यहाँका किसानले एक सयदेखि तीन हजारसम्म केराका बिरुवा लगाएका छन् । खबरा, बगरफाँट र रिसिन चौतारीलाई वडाले केराको पकेट क्षेत्र घोषणा गरेको छ ।

किसानको आयआर्जन वृद्धि र जीवनस्तर सुधारका लागि रिसिन चौतारीलाई केरा खेतीको पकेट क्षेत्रका रुपमा विकास गरिएकोे रघुगङ्गा गाउँपालिका–२ भगवतीका वडाध्यक्ष रिम कटुवालले बताए । “पछिल्लो समयमा सबै गाउँमा सडक सञ्जालले जोडिएको छ,” उनले भने, “मिहिनेत गरेर उत्पादन गरिएको केरा बिक्रीका लागि बजारको समस्या छैन ।” त्यसैगरी खबरा र बगरफाँटलाई पनि केराखेतीको पकेट क्षेत्र घोषणा गरिएको बेनी नगरपालिका–२ का वडाध्यक्ष हिराबहादुर थापाले बताए । रासस file photo


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सर्वोच्च अदालतका १४ जना न्यायाधीशहरुले सोमबारका लागि बोलाइएको फुलकोर्ट बैठक बहिस्कार गर्ने

७ कार्तिक, काठमाडौँ । नेपाली राष्ट्रिय टिमका फरवार्ड खेलाडी विमल घर्तिमगरले ए डिभिजन लिग

काठमाडौं । सामसुङ कम्पनीलाई ठूलो धक्का लागेको छ । कम्पनीले उत्पादनमा गरेका विभिन्न ६१

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यसूची तय भएको

काठमाडौँ । पूर्वमन्त्री तथा माओवादी नेतृ रेखा शर्मालाई नेकपा (माओवादी केन्द्र)ले राजकीय मामिला तथा