back

न्यूजिल्याण्डमा दश हजार नेपालीले स्थायी भीसा पाउँदै

वि.सं.२०७८ असोज २८ बिहीवार

105 

shares
NTC AD
Global IME AD

न्युजिल्याण्ड सरकारले हालै आप्रवासीहरुले न्युजिल्याण्डको स्थायी वसोवासको नयाँ नियम ल्याएको छ । न्युजिल्याण्ड सरकारले एक पटकका लागि मात्र भनी ३० सेप्टेम्वर २०२१ मा जारी गरेको आप्रवास मैत्री नीतिले अस्थायी भिसामा कार्यरत १ लाख ६५ हजार आप्रवासीहरुले न्युजिल्याण्डको स्थायी वसोवासको भीसा पाउने भएका छन। १ लाख ६५ हजार स्थायी भीसा निवेदनमा श्रीमान-श्रीमती र छोरा-छोरीहरुको नामहरु समेत समावेश गर्न मिल्ने हुँदा लगभग ५ लाख व्यक्तिहरुले न्युजिल्याण्डमा स्थायी भीसा पाउने छन।

क्रिटिकल (अति जरुरी पेशा) भीसा अन्तर्गत कार्यरत अथवा न्युजिल्याण्डको बसाई कम्तिमा ८२१ दिन भएको अथवा प्रतिघण्टा २७ डलर वा माथिको तलवमा कार्यरत मध्ये कुनै एक प्रावधान मिले पुग्ने नयाँ आप्रवास-मैत्री नियमले धेरैलाई काम गर्ने उत्साह थपेको मान्न सकिन्छ।

यसै सन्दर्भमा, कति जना नेपालीहरुले यो नयाँ प्रावधान अनुसार स्थायी भीसा पाउने हुन, नेपालीहरुलाई उत्सुकता हुनु सामान्य कुरा हो । यही सदर्भलाई लिएर कति जना नेपालीहरु नयाँ प्रावधान अनुसार स्थायी भीसाका लागि योग्य छन भन्ने कुरालाई वर्तमानमा वर्क भीसामा कार्यरत नेपालीहरुको संख्यासंग तुलना गरेर निकाल्न सकिन्छ। न्युजिल्याण्ड ईमिग्रेसनले दिएको तथ्यांक अनुसार सन २०१९ मा २१०९ जना नेपाली राहदानीबाहकहरुले वर्क-भीसा पाएका थिए भने सन २०२० मा १७७० जना र सन २०२१ मा १८५७ जना गरि पछिल्लो तीन वर्षमा ५७३६ जना वर्क-भीसामा कार्यरत देखिन्छ।

त्यसरी नै विद्यार्थी-भीसामा सन २०१९ मा १२९९, सन २०२० मा ११९१ र सन २०२१ मा ७३२ जना गरि जम्मा ३२२२ नेपालीहरु न्युजिल्याण्ड आएकोमा सन २०१९ र २०२० मा आएका एकाध बाहेक अधिकांस बिद्यार्थीहरुले वर्क-भीसा पाईसकेको मान्न सकिन्छ। र ती सवै वर्क(भीसाबाहकहरु ५७३६ मा गणना भैसकेको हुनु पर्दछ।

हाल कायम रहेको ५७३६ वर्क-पर्मिट मध्ये कदाचित १० प्रतिशतको योग्यता प्रावधान अनुसार मेल नखाएपनि करिव ५००० नेपालीहरुको स्थायी वसोवासको भीसा पाउने कुरा लगभग निश्चित नै छ । ५ हजार निवेदनमा एक जना मात्र आश्रित जोडे पनि १० हजार नेपालीहरु स्थायी-भीसामा प्रवेश गर्ने छन र नेपाली समुदाय अहिले भन्दा वढी सशक्त र जिम्मेवार हुने छन् ।

 

वि.सं.२०७८ असोज २८ बिहीवार ०९:०१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
यस्तो छ दक्षिण कोरिया आर्थिक विकासको सुत्र

यस्तो छ दक्षिण कोरिया आर्थिक विकासको सुत्र

पार्क थेयङ, काठमाडौँ । नेपालमा आगामी वैशाख १६ र १७...

एलन मस्कको जीवनबाट हामीले पनि सिक्ने कि ?

एलन मस्कको जीवनबाट हामीले पनि सिक्ने कि ?

काठमाडौँ । समकालीन विश्वमा एलन मस्कको नाम नसुन्ने व्यक्ति कमै...

ओखलढुङगा कारागार र घरेलु इलम केन्द्र 

ओखलढुङगा कारागार र घरेलु इलम केन्द्र 

दण्ड अपराधको परिणाम हो।यसको सोझो सम्बन्ध समाजसँग हुन्छ।अपराधविहिन समाजको कल्पना...

मिठो चिनी जब चिनी तीतो हुन थाल्छ

मिठो चिनी जब चिनी तीतो हुन थाल्छ

डा अरुणा उप्रेती, काठमाडौँ । मिठाइ धेरैलाई मन पर्ने खाद्यवस्तु...