Logo
११ मंसिर २०७८, शनिबार
     Sat Nov 27 2021
E-paper
  English Edition
   Unicode
Logo

लोग्नेको गर्लफ्रेण्ड !



राधाले आज सपिङ्ग मलमा प्रत्यक्ष देखी, संजय एउटा केटीसँग त्यहीँभित्रको क्याफेमा मुखामुख हुँदै कफी पिउँदै गरेको । एकदुई जनाले “भाउजू ! दाईको आजकल अफिसकै एउटीसँग लसपस छ है !” नभनेका होइनन् । यस्तो कुराले मनमा केही चिसो पसेपनि “ह्या ! होइन होला है ! कोही राम्रो साथी पनि त हुनसक्छ नि !” भनेर हाँसेरै टारीदिएकी थिइ । तर आज भने खुद आफ्नै आँखाले देखी – दुबैजना एकआपसमा झुक्दै आँखा जुधाउदै र ओँठमा मुस्कानको स्वाद लिएर कफी पिउँदै गरेको । त्यही माथि टेबलमा क्यास्ट्रो ब्राण्डको सामानसहितको झोला देख्नेबित्तिकै त शान्त स्वाभावकी राधालाई पनि रिसको ज्वाला छुट्यो –“गिफ्ट किनिदिएको होला नि नकचरीलाई …” बिजुली चम्केसरीको यो बिचारले कतै भित्रैसम्म हल्लायो । त्यहीं गएर झोलालाई च्यातचुत बनाउदै त्यो केटिको जगल्टा उखेल्न मन बन्यो । खाईरहेको तातोकफी लोग्नेको टाउकोबाट खन्याईदिन मनलाग्यो ।

“होस्, तमाशा के बनाउनु ? अहिलेसम्म सहनु सहेँ, अब भने खबर लिन्छु । घर त आउ“ –मनमनै सोंची । छोराको लागी हेर्दै गरेको टि–शर्ट पनि त्यतिकै छोडेर खुसुक्क बाहिरिई ।

“ट्याक्सी ! घट्टेकुलो जाने हो ?”

“हुन्छ बस्नुस !”, ड्राइभरले पछाडीको लक खोलिदिदै भन्यो, “५०० रुपैयाँ लाग्छ ।”

अरुबेला भा’भए तीन सय भनेर बार्गेनिङ्ग गर्ने राधालाई आज केही भन्न मन लागेन, चुपचाप बसी । मनभित्र तर्कनाको आँधीबेरि चल्दैछ भन्ने त अत्यधिक रातो अनुहारले बोल्दै थियो । तर्कनाको हुँडरीमा हेलिँदै गर्दा कतिखेर ट्याक्सीले घट्टेकुलो पुर्‍यायो थाहै पाईन । भाडा तिरेर यन्त्रवत कोठाको बेडमा साडी पनि नखोली डंग्रङ पल्टिई । सिनेमाको दृश्य झै सन्जयसँग चिसिदै गएका दिनहरु उनको मानशपटलमा फनफनी घुम्न थाल्यो ।

“होईन ! के ल्याङ्गफ्याङ्गको कपडा लगाएकी ? अल्लि म्याचेबल त लगाउनु .. पल्लो घरकी समाको ड्रेसअप सेन्स त ख्याल गर्नु ।”

“तिमी त दुइटा छोरा पाउनासाथ बुढीमान्छे जस्ती देखियौ । अनुहारमा चार्मिङ्गनै छैन । अगाडीको रमिला भाउजूलाई हेर त, दुई बच्चाको ममि भएर पनि अनम्यारिड जस्ती देखिनुहुन्छ । टिप्स लिने गर वहाँसँग ।”

ब्रेकफास्ट तयार भाछैन अझै ? कति बजे पुग्नु अफिस ? हाउ स्लो यु आर ! सरिता माईजुसँग सिक, कसरी फटाफट मामालाई तयार हुन मद्दत पु¥याउनुहुन्छ भनेर । आई बिकेम लेट अलवेज !”

“एउटा जाबो साडी लगाउन कति बेर लगाकी हो ? शर्मिला दिदीले टीसर्ट–पैन्टमा ठाँट्टिएर हिंडदा तिम्रो चाहिँ घन्टौ साडी मिलाउदैमा जान्छ भन्या ।”

“गार्डन किन त्यति फोहोर ? यो डगीलाई किन ननुहाई दे’ को ? रमेशको बुडिले पनि कुकुरको स्याहार गेरेकी नै छे त । नसक्ने भए क्यानल हाउस फिर्ता गर ।”

“बाबुहरुको स्कुलबाट फोन आ’को थियो आज, कुन्नी के फन्क्सन छ रे । म अफिसको कामले भ्याउदिन । तिमी जानू ।”

एक/दुई जनाले “भाउजू ! दाईको आजकल अफिसकै एउटीसँग लसपस छ है !” नभनेका होइनन् । यस्तो कुराले मनमा केही चिसो पसेपनि “ह्या ! होइन होला है ! कोही राम्रो साथी पनि त हुनसक्छ नि !” भनेर हाँसेरै टारीदिएकी थिइ । तर आज भने खुद आफ्नै आँखाले देखी – दुवै जना एकआपसमा झुक्दै आँखा जुधाउदै र ओँठमा मुस्कानको स्वाद लिएर कफी पिउँदै गरेको ।

“राधा ! एककप कफी बनाएर ल्याउ ।”

“राधा ! मेरो मोजा खोई ?”

“ राधा ! जुत्तामा पोलिस लगाईदेउ है, बाबुहरुको लगाउँदाखेरि ।”

“राधा ! बच्चाहरुको कपडामा आईरन लगाईदिँदा मेरो सर्टपैन्टमा पनि लगाईदेउ है । म जिम गर्न हिँडे ।”

“राधा ! बाबुहरुको होमोर्क हेरिदेउ त मलाई अफिसकै कामको ओभरलोड छ । आई एम टायर्ड टु ।”

“राधा ! निम्तोमा तिमी जाउ, म बिजी छु, भ्याउदिन ।”

“राधा ! हाउ कोल्ड यु आर अन बेड । यस्तो लाग्छ तिमी किनेर ल्याएको सेक्स डल हौ । यु ह्याभ जिरो सेक्स अपिल ।”

राधा ! राधा ! राधा !

मानौ, राधाको ज्यान फलामको हो । हात चारओटा छ । मुख सिलाईएको छ । मस्तिष्क रोबोटको हालिएको छ । स्वाभिमानमा भोटेताल्चा मारिएको छ अनि उनको भागमा ईच्छा, आराम, आमोद –प्रमोद भन्ने बिषय बनेको नै छैन ।

“सन्जय ! म नपढेकी गँवार नारी थिईन । साह्रै कुरुप पनि त थिँइन । तिमी नै मरिहत्ते गरेर माग्न आ’का थियौ । बाबा–आमाको बिरोधका बाबजुद मैँले तिमीलाई रोजें । बाबाले भन्नूहुन्थ्यो – लागेको बानी छुटन गाह्रो हुन्छ लोग्नेमान्छेलाई । धनी, पढेलेखेको, हेण्ड्सम भएर के गर्नु ? अल्ली धेरै केटीहरु खेलाउदै हिँड्छ रे त्यो मान्छे ! बिहेपछि पनि त्यस्तै रहिरह्यो भने जीवन नर्क हुन्छ छोरी ! मैँले भनेको मान । सोझो सज्जन केटो पनि पाईन्छन् । यो केटालाई चाहिँ ‘नो’ भन्देउ ।”

“तर तिम्रो चेहरा देख्ने बित्तिकै मलाई के भयो के भयो ! पहिलो भेटमै माया लागेर आयो । अनि बिग्रेकै बानी रहेछ भनेपनि सुधार्छु भन्ने लाग्यो । मैले ढिपी कसें । मेरो जिदको अगाडि वहाँहरु हार्नुभयो र तिमीलाई स्वीकार्नु भयो । बाबा–आमाले तिमीलाई मानसम्मान दिनुभएकै थियो । ज्वाइँ मान्नुभएकै थियो । तिम्रै जागिरको खातिर मैले आफ्नो हुँदाखादाको जागिर छोडेर यहि घर व्यवहार र दुईबच्चाको रेखदेख सर्लक्क धानेरै बसेकी थिएँ । आखिर के पुगेन संजय तिमीलाई ? ममा के कुराको कमि भयो र तिमीलाई त्यो नखरमाउलीको माया चाहियो ? अनि त्यस्तो गिफ्ट आजसम्म मलाई कहिलै दिएको सम्झना छ तिमीलाई ? तिमीलाई त न मेरो जन्मदिन याद रहन्छ न हाम्रो वेडिङ्ग एनिभर्सरी नै ।”

ओछ्यानमा ढल्किएर यस्तै तर्कना मनमा खेलाउँदा खेलाउँदै कतिखेर आँशुको ढिक्का कानभित्र पसिसकेछन थाहै पाईन । टुक्रुक्क पलङ्गमा उठेर बसी ।

सम्झीन्न भनेपनि बारबार राधालाई त्यही क्यास्ट्रोको झोला याद आईरह्यो । मन्द मुस्कानसहितका ओठहरु र ति चार आँखाको चमकिलो भाका झलझली नाचीरह्यो ।

“नकचरी आईमाई ! एउटी नारी भएर नारीकै घर खोस्न तम्सीने । पक्कै थाह छ त बच्चाको बाउ हो, बिबाहित हो भन्ने । ४५ वर्षकोले म कुमार केटो हुँ भनेर फसाएन होला त ! खान पल्केकी नाई हरामी केटी ! खुब चेपारो पार्दै धुत्छेहोलि’ नि मेरो लोग्नेलाई ! रिसको पारो पुनः ट्यक्सीमै हुँदाको बेला जसरी माथि उक्लियो – “त्यहीँ गएर जगल्ट्याउन पर्नेरहेछ नखर्माउलीलाई ! बेक्कारमा हिँडेछु ।”

राधालाई क्याफेमा केही नगरी यत्तिकै हिँडेकोमा भने थकथकी लाग्न थाल्यो ।

“हुन त आफ्नै सिक्का खोटो भएपछि अरुलाई नि के दोष दिनु र ? लामो निश्वास छोड्दैगर्दा अर्को तर्कना मनमा खेल्यो –“संजयको बारेमा बाबा सहि हुनुहुन्थ्यो, आई वाज रंग । बाह्र बर्ष कुकुरको पुच्छर ढुंग्रोमा हाले नि बाङ्गा’बाङ्गै भनेको यस्तैलाई होला ।”

मन बेस्सरी बेचैन भयो । छाती गरुङ्गो भएजस्तो, सासफेर्न गाह्रो भएजस्तो भयो । छटपटी बढेर बेडको छेउमा टुक्रुक्क बसिरहन सकिन अनि उठेर कोठाभित्रै टहलिन थाली । अचानक, भित्तामा झुन्डीएको ठुलो काठको फ्रेम भएको ऐनामा राधाको नजर प¥यो । छरपस्ट भएको कपाल, आँशुले लत्पताएको गाजल, बिना मेकअपको फुङ्ग उडेको सपाट चेहरा ! आँफ्नै रुपरंग देखेर खीन्न बनायो ।

“उफ्फ बच्चाको हेरचाह, नाता कुटुम्ब, घर व्यवहार अनि लोग्नेको जागिर भन्दैमा मैँले १५ वर्ष आँफैलाई बिर्सेछु । हरेक श्रीमानलाई आफ्नो श्रीमती अल्ली शृङ्गारपटार गरेर चिटिक्क परेर बसोस भन्ने चहना हुन्छ होला । साथी भाईको अगाडी लिएर हिँडदा “वाह” सुनियोस् भन्ने चाहना हुन्छ होला । जतिसुकै व्यस्त भएपनि एकघण्टा बिहान छिटो उठेर आफैलाई हल्का सिँगार्न समय निकाले पनि त हुन्थ्यो ! म पनि उस्तै हो ! लोग्नेलाई मात्र के दोष दिनु ? त्यो केटिले कस्तो आफैलाई सजाएकी थिई ! कपाल त्यस्तै सिल्की, अनुहारमा मेकअप त्यस्तै खुलेको, हरियो साडी कस्तो सुहाएको ! सन्जयलाई पक्कै त्यही श्रृंगारले नजिक खिँचेको हुनुपर्छ । मैँले यो चिज दिन्थें भने पक्कै उ मसँग चिस्सीने थिएन ।”

यो विचारले भने राधाको मनको ज्वारभाटालाई एक्कासी शान्त बनाईदियो । मुख फेसवासले धोईपखाली गरेर दराजबाट हरियो साडी र त्यस्लाई सुहाउने ब्लाउज निकालेर ड्रेसिङ्ग टेबल अगाडी बसेर मेकअप गर्न थाली ।

“वाउ ! ममु, यु लूक्स सो ब्युटिफुल । हजुर कतै निस्किन लाग्नुभएको हो र ?” – भर्खर स्कुलबाट आइपुगेको १२ वर्षको रोहनले बिस्मयकारी नजरले हेर्दै भन्यो । ८ बर्षको कान्छो छोरो पनि ममुको बद्लिएको स्वरुपलाई उस्तैगरि नियाली रह्यो ।

“बच्चा ! तिमीहरु आइपुगेउ ? ल ,फटाफट ड्रेस खोलेर हातमुख धोएर ज्ञानी भएर बस्ने, म खाजा रेडी बनाईहाल्छु हस !”

राधाले आफ्नो अनुहार एकपल्ट घोरीएर ऐनामा हेरी । कुनै पनि कोणबाट लोग्नेको गर्लफ्रेण्डभन्दा कम सुन्दर लागेन । हरियो साढी अझ खुलेको देखि अनि मुसुक्क हाँसी । हृदयको कतै कुनामा आत्मविश्वास जाग्यो । अनि बच्चाहरुलाई खाजा बनाउन व्यस्त रही ।

“राधा ! यो डंगीलाई पानी त राख्दीनु । हेर, बिचरोको कपमा एकथोपा पानी छैन ।”– झमक्क साँझमा आईपुगेको संजय गार्डेनबाटै करायो –“दिनभरी केही काम छैन तैपनि यत्ती एउटा ककुरको स्याहार गरेको पाउँदिन । थाह छ ? कति हालेर किनेको यो जर्मन शेफर्ड ? पूरा २२ हजार ! हेर्नसक्दिन भनेको भए ल्याउनेनै थिईनँ ।”

जगबाट पानी खन्याउदै गर्दा लोग्नेबाट प्रशंसाको यो शब्द कतिखेर सुनुँजस्तो भएको राधालाई – “लु ! के पारा हो आज तिम्रो ? कस्लाई देखाउनको लागी यसबेला सझधज भएर बसेकी ? टोलका केटाहरुलाई ?” भन्ने रुखोअवाजले टाउकोबाट चिसोपानी खन्याएको जस्तो बनायो । मर्ममा शाब्दीक तातोझीर रोपियो । अकस्मातको अनपेक्षित पीडाले रन्थन्याएर जड्वत त्यहिँ उभिईरही । लोग्ने भने उस्लाई हेर्दै नहेरी भित्र पस्यो ।

कुकुरलाई टाउको र गर्धनमा सुम्सुम्यायो । ‘हग’ गर्‍यो । कुकुरले पनि पुच्छर हल्लाउदै उ प्रती कृतज्ञता प्रकट गर्यो । बच्चाहरुलाई होमवोर्क गराएर भर्खर खाना बनाउन भान्छामा छिरेकी राधाले संजय कराएको सुनेर जगमा पानी लिएर हतार–हतार बाहीर कुँदी । उसलाई पुर्णविश्वास थियो, आज मलाई देख्नासाथ लोग्नेको आँखा विष्मयले भरिनेछ, एकटक लगाएर हेर्नेछ अनि पछाडीबाट अंगालो मारेर कानमा सुस्तरी भन्नेछ – “वाह, मेरो श्रीमती जी ! हाऊ ब्युटीफुल यु आर !”

जगबाट पानी खन्याउदै गर्दा लोग्नेबाट प्रशंसाको यो शब्द कतिखेर सुनुँजस्तो भएको राधालाई – “लु ! के पारा हो आज तिम्रो ? कस्लाई देखाउनको लागी यसबेला सझधज भएर बसेकी ? टोलका केटाहरुलाई ?” भन्ने रुखोअवाजले टाउकोबाट चिसोपानी खन्याएको जस्तो बनायो । मर्ममा शाब्दीक तातोझीर रोपियो । अकस्मातको अनपेक्षित पीडाले रन्थन्याएर जड्वत त्यहिँ उभिईरही । लोग्ने भने उस्लाई हेर्दै नहेरी भित्र पस्यो ।

राधाको मनमा सानो तिनो भूकम्पनै गयो अनि मनमनै भनी – “नाउ ! आईएम स्योर । आई एम ईन रंग ह्याण्ड । म गलत थिएँ । बाबा, हजुर सहि हुनुहुन्थ्यो । अब भने मैँले जिबनकै ठूलो यो भुललाई सुधार गर्नुपर्छ र गर्छु पनि ।”

राधाको मनमा केही कुराको दृढ निश्चय पलायो ।

टेबल माथी राखेको फाईल पल्टाउँदै संजयले थोरै आश्चर्य मिश्रीत हुँदै सोध्यो – “यो के हो ?”

“तिम्रो र मेरो पन्ध्र बर्षको यात्रा टुङ्याउने निर्णय, अ डिभोर्स पेपर, आई वान्ट योर साईन ।” बच्चाको कपडा पट्याउँदै दराजमा थन्क्याउदै गर्दै, उतिर हेर्दैनहेरी शुष्कश्वरमा जवाफ दिई ।

शायद जवाफ अपेक्षित भएर होला केही बोलेन । राधाको पारपाचुके गर्ने निर्णयले वास्तवमा भित्रभित्रै खुशी पनि थियो तर भावलाई बाहिर प्रकट हुन दिएन । झलक्क गर्लफ्रेन्डको चेहरा सम्झीयो – भर्खरकी छे, राम्री छे, मोर्डन छे । बोल्न, हाँस्न, खान जानेकी छे । गीत उस्तै मीठो गुनगुनाउछे डान्स उस्तै राम्रो । उस्लाई अपनाउने बित्तिकै जीवन अहिले जस्तो बोरियतसँग कट्ने छैन भन्ने सोचेर ढुक्क भयो ।

अनि उनीहरु बिधिवत रुपमा अलग भए । छोराहरु आमासँगै बस्ने अदालती फैसला रह्यो । यता संजय स्वतन्त्र भएको मात्र के थियो, गर्लफ्रेण्डले लात हानी । एउटा धनी एन.आर.एन.सँग अमेरिका भास्सिई । स्वास्नी र गर्लफ्रेण्ड दुवै गुमेपछि भने उस्को दिनचर्या अस्तव्यस्त हुनथाल्यो । न खानको ठेगान न घर आउनको ठेगान । ईष्टमित्र साथीभाईहरु यसै–यसै तर्किएर किनारा लाग्न थाले । अरुको त कुरै भएन, समयमा खान नपाएपछी उस्को त्यै बफादार जर्मन शेफर्ड कुकुर पनि नफर्किने गरी कतै गायब भयो । घर भुतबङ्गला जस्तो भयो अनि आँफु जोगीजस्तो ।

दुईवर्ष पछि …….

एकदिन अकस्मात राधासँग भूगोल पार्कमा संजयको आमुन्ने सामुन्ने भयो । एकछिन त दुबैजना हेराहेर मात्र गरे । बोली फुट्न हम्मे प¥यो । के बोल्ने नबोल्नेको दोधारमा संजयकै बोली फुट्यो – “सन्चै छ्यौ राधा ?”

झुस्स बढेको दाह्री, खुज्मुजिएको सर्ट, मुर्झाएको अनुहार देखेर राधालाई नमिठो लाग्यो । बिचरा ! त्यस्तो आगा ेजस्तो भर्भराउँदो मान्छे यस्तो भएर हिँड्दैछ भनेर कता–कता माया पनि लाग्यो । छातीको देब्रे कुना चस्किएको जस्तो भयो । मलीन स्वरमा भनी – “अँ, सन्चैछु । के स्वरुप लिएर हिँड्नु भएको यस्तो ? बिहे गर्नुभएको छैन अझै ?”

उ केही बोलेन । पर क्षितिज तिर नियाली रह्यो । मनमा अतितको छाँया परेर होला आँखाको कुनो रसायो । रसाएको आँखा देखेर राधाले अनुमान गरीहाली’ पक्कै त्यो केटीले धोका दिई’ ।

संजयलाई त्यहीँ डाँको छोडेर रुँदै राधाको पाउ समाएर माफी माग्न मन भयो । तर पारपाचुके लिईसकेको स्वास्नीसँग कुन मुखले माफी माग्नु ? गरूङ्गो मन बनाउँदै चौरबाट उठ्यो अनि बिस्तारै भन्यो, “ल राधा, आफ्नो र छोराहरुको ख्याल राख है । उनीहरुलाई तिमीजस्तै ज्ञानी र असल मान्छे बनाउनु ।” चारपाईला पर पुगीसकेको संजयले रुँदै भन्दै गरेकी राधाको आवाज सुन्यो –“म एक्लैले सक्दिन संजय । छोराहरुलाई तिमी चाहिन्छ । म के गरुँ ?”

“तिमीले बिहे गर्‍यौ ? छोराहरुलाई कस्तो छ ? मलाई कत्तीको याद गर्छन् राधा ?” योभन्दा बढि सोध्न सकेन । गला अबरुद्ध भएर आयो ।

“फेरि के बिहे गर्नु र संजय ! एकपल्टकोले नै जीवनभर भारी पुग्ने गरेर चोट दिएको छ ! मेरो अबको जिन्दगी भनेकै तिनै दुई छोराहरु हुन ।” राधाको अनुहारमा पीडा मिश्रीत उदासी छायो अनि पार्कको हरियो धुपीको पात औलामा खेलाउदै भनी – “बरु तिमीलाई छोराहरुको याद आउदैन शायद । रोहनले मिस त बेस्सरी गर्छ तर अल्ली बुझ्ने भैसक्या’छ, त्यति पिरोल्दैन । कान्छो अझै सानै छ, जतिखेर नि बाबा कहिले आउनुहुन्छ भनेर हैरान बनाउँछ । तिमीले आफ्नो फोन नम्बर चेन्ज गरेछौ । फेसबुक पनि डिएक्टिभ गरेछौ । कसरी तिमीसँग कन्ट्याक्ट् गराईदिनु मैँले ? एकपल्ट भेटाउन लिएर आएको पनि थिएँ । घरमा ताला झुन्डिएको देखेँ, त्यत्तिकै फर्कियौं ।”

अबभने उस्को संयमको बाँध टुट्ने तर्खर गर्दैथियो । त्यहीँ डाँको छोडेर रुँदै राधाको पाउ समाएर माफी माग्न मन भयो । तर पारपाचुके लिईसकेको स्वास्नीसँग कुन मुखले माफी माग्नु ? गरूङ्गो मन बनाउँदै चौरबाट उठ्यो अनि बिस्तारै भन्यो –“ल राधा, आफ्नो र छोराहरुको ख्याल राख है । उनीहरुलाई तिमीजस्तै ज्ञानी र असल मान्छे बनाउनु ।”

चारपाईला पर पुगीसकेको संजयले रुँदै भन्दै गरेकी राधाको आवाज सुन्यो –“म एक्लैले सक्दिन संजय । छोराहरुलाई तिमी चाहिन्छ । म के गरुँ ?”

हाल : भरतपुर –१२ , चितवन ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भोर्ले । नेपाली काँग्रेस पर्वतको सभापतिमा यूवराज जोशी विजयी भएका छन । जोशीले प्रतिद्धन्दि

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले प्रा.अम, मेडिकल पद र अमल्दार

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले एक्लै हिँडेर कहीँ नपुग्ने बताएका छन्

अफ्रिका । अफ्रिकी देश घानाको आकराबाट इमिरेट्स एरलाईन्सको जहाज हुँदै दुबई आउन लागेका रुकुमका