Logo
२० मंसिर २०७८, सोमबार
     Mon Dec 6 2021
E-paper
  English Edition
   Unicode
Logo

लघुकथाः नयाँ ग्राहक



सधैँ आफूले खाद्यान्न सामाग्री किनिरहने पसलमा मैदाको पिठो र चिनी किन्न पुग्दा त्यो पसलमा ग्राहकहरुको भिड देखेर अर्को पसलमा पुगेर मैदाको पिठो प्रति के.जी. पचास रुपैँयामा र चिनी प्रति के.जी. पचहत्तर रुपैँयामा किन्न पाएँ ।

आफूले पहिलादेखि किनिरहने पसलमा भन्दा मैदाको पिठो र चिनी दुबै दश रुपैँया र पाँच रुपैँया कम मूल्य तिरेर किन्न पाउदा पहिला सामान किनिरहने पसलमा भन्दा सस्तोमा किन्न पाउने भएकोले अर्को पटकदेखि जुनसुकै सामान किन्नु पर्दा पनि नयाँ पसलमा किन्न जान थाले । पहिला किन्न जाने पसलमा सामान महंगो भएकोेले किन्न जान छाडे । एकदिन आफूले पहिला सामान किन्न जाने पसलको साहुनीले मलाई देखेर ‘दाजु हिजोआज हामीकहाँ किन्न आउन किन छाड्नु भयो नि’ भनिन् ।

साहुनीलाई ‘तपाईकहाँभन्दा अर्को पसलमा मैले सामानहरु सस्तोमा पाएकोले तपाईकहाँ किन्न आउनै मन लागेन’ भने । ‘दाजुलाई सुरुमा किन्न जाँदा अर्को पसलको साहुले त्यो पसलमा सधैँ सामान किन्न आउनु हुन्छ भनेर पल्काएको हुन सक्छ नि’ साहुनीले भनिन् ।

हामी पनि नयाँ ग्राहकहरुले कुनै सामान हाम्रो पसलमा किन्न आए भने सुरुमा जुन सामान किने पनि मूूल्य घटाएर सस्तोमा बेच्छौ नि’ साहुनीले भनिन् ।

 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली कांग्रेसको इतिहासमा पहिलोपटक प्रदेश संरचना संस्थागत भएको छ । प्रधानमन्त्री शेर

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले परीक्षा तालिका सार्वजिनक गरेको छ ।

काठमाडौं । माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिहरुको छनोटको मापदण्ड तयार गरेको छ

काठमाडाैं । नेपाली समाजमा जात र थरकाे विषयले निकै प्राथमिकता पाइरहेकाे हुन्छ । मानिसहरूले