Logo
२१ मंसिर २०७८, मंगलवार
     Tue Dec 7 2021
E-paper
  English Edition
   Unicode
Logo

लघुकथा: सोह्रश्राद्ध



बाजे मन्त्र पढिरहेका थिए । समरबहादुर कपाल काटेर सेतो धोती फेरेर बाजेले भने बमोजिम पित्रृलाई पहेँला फूल पहेँलै चन्दन अक्षता चढाउदै थियो । बाजेले बिचैमा पढ्न छाडे । अनि मडुवा खैनीमा चुना मिसाएर मोल्दै जजमान तिर प्रश्न तेर्स्याए –‘ऐ समरे ! बयस पटकको दसैँ कस्तो छ त तेरो ?’ समरबहादुरले उत्तर दियो –‘ खै गुरु बा ! घरैमा चार पाँच धार्निको पाठो छ । त्यसैले काम चलाउँछु यसपटक ।’

समरे पनि के कम अनि ‘गुरु बा को नी?’ प्रश्न तेर्याइहाल्यो गुरु बा तिर । गुरु बाले उत्तर दिए– ‘मेरो चाँहि यस पटक खसी किन्नैपर्ने भयो । घरमा सानो छ अलिक भ्याउदैन ।

’पिचिक्क खैनी थुके । आँचमनीगर्ने तामाको पात्रमा राखिएको पानीले हातधुँदै पुनःमन्त्र पढ्दै पीण्ड तर्पणको कार्य शुरु गरे ।

 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली बजारमा सुनको भाउमा तिब्र उतारचढाव आइरहेको छ । सोमबारको बजारमा प्रतितोला

काठमाडौं । जनवादी गायक जीवन शर्माको एउटा तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल छ ।

काठमाडौं । पाल्पाका राजेश थापाको बिहीबार बिहान ११ः३० को एयर अरेवियाको जी–९५३१ नम्बरको फ्लाइटबाट

काठमाडौं । पाँच दलीय गठबन्धन भाँडिने अवस्थामा पुगेको छ । आगामी आमनिर्वाचनसम्मै गठबन्धन कायम