Logo
२१ मंसिर २०७८, मंगलवार
     Tue Dec 7 2021
E-paper
  English Edition
   Unicode
Logo

 उत्तप्त धरती अनुरक्त आकाश !



पट्यारिलो
अग्निस्नान पछि
हजारौं बर्षमा
सेलाउँदै गरेकी
उत्तप्त धरतीबाट
फुत्त निक्लेकी
प्रदिप्त कुन्दनी
प्रकृति
सँधै हतारिन्छे
धरतीको छातिभरी
सिर्जनाका
विस्कुन सुकाउन

–×–

अनगिन्ती कठ्यांग्रिदा
हिम युग पार गरेकी
निर्जिवन उजाड धरा
आफ्नै खालि कोखले
गिज्याए झैं मान्दै
छटपटाउँछे
परदेशिएको
खशमलाई सम्झेर
छटपटिएकि बैंशालु झैं

–×–

फत्कँदो
अदम्य बैंशको लाभा
तापले छट्पटिएकी
पृथ्वी
नियालेर बसेको
आकाश
उसका हरेक
हाउभाउ
प्रेम प्रलापमा
द्रवित हुँदै
सुस्त सुस्त झुकेर
फैलिएको आफ्नो
न्यानो अङ्गालोमा
कसेर बर्षाउँछ
सृष्टिको अमृतत्व

धरती छटपटिँदा
प्रकृति पनि
शख्य भावले
रोमाञ्चित हुँदै
बासन्ती
नखरा संगै
देखाउँछे
नाना रुप
पृथ्वी छट्पटिँदा
समुन्द्रका
अनन्त जलराशि
तरंगित हुन्छ
फैलँदै बढ्छ
ज्वार भाटा
लठारिँदै
बयली खेल्छन्
उर्लेका छालहरू

–×–

तरंगित जलराशिमा
सुटुक्क प्रविष्ट
आग्नेय ताप शक्ति
प्रतापित तुल्याउँदै
जलधिलाई
वाष्पिकृत गर्नमा
तल्लीन हुन्छ
यो सबै कौतुक
हेरिरहेको वायु
मडारिँदै
सामेल हुन्छ
वाफ
बादल
र बर्षाको
खेलमा
–×–

फत्कँदो
अदम्य बैंशको लाभा
तापले छट्पटिएकी
पृथ्वी
नियालेर बसेको
आकाश
उसका हरेक
हाउभाउ
प्रेम प्रलापमा
द्रवित हुँदै
सुस्त सुस्त झुकेर
फैलिएको आफ्नो
न्यानो अङ्गालोमा
कसेर बर्षाउँछ
सृष्टिको अमृतत्व

–×–

यसरी
चलिरहन्छ
यी पञ्च महाभूत
पृथ्वी
जल
अग्नि
वायु
र आकाशका
लिलामय कौतुक
अनन्त सृष्टि चक्र
जहाँ
धन्यभागी बनिरहन्छे
सिर्जनाकि मलिका
सुन्दर प्रकृति
कामदेवकि स्त्री
रती झैं
उत्तप्त धरती
र कामदेव झैं
अनुरक्त आकाशको
अनन्त अखण्ड
मायाजालमा
युग युगान्तर सम्म !!!


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । जनवादी गायक जीवन शर्माको एउटा तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल छ ।

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज चार प्रदेशमा केही भू–भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

काठमाडौं । पाल्पाका राजेश थापाको बिहीबार बिहान ११ः३० को एयर अरेवियाको जी–९५३१ नम्बरको फ्लाइटबाट