Logo
२१ मंसिर २०७८, मंगलवार
     Tue Dec 7 2021
E-paper
  English Edition
   Unicode
Logo

लाटो



जन्मदै
कलपुर्जा बिनाको
एउटा आकृति कान
उसको टाउकोमा ठ्याप्पा टाँसिदिए पछि
अक्षरहरुको अलिकति घाम
पटक्कै छिरेन
उसको अन्धकार मस्तिष्कमा ।

ज्ञानको उज्यालो बिना
उसले बोलाउनै सकेन
आमा
फड्काल्नै सकेन ईश्वर ।
उ मात्र उ रह्यो ।
अरु कसैको हुनैसकेन जीवनभर ।

ऋतुहरुमा फक्रक्क फक्रिनै सकेन
उसको लाखौंको बैँस
जसलाई
एकचोटि होइन
सयौं चोटि ऐनामा हेरेर
लजाउनै सकेन उ
त्यसैले त उसले
बुझ्दै बुझेन लाजको परिभाषा ।

उसलाई जहिले तहिले
जहाँ तहाँ
हेरिने हेयको दृष्टिहरु
ठम्याउनै सकेन उसको अनपढ आँखाले ।
त्यसैले उसले बुझ्नै सकेन
छिः को पक्का अर्थ ।
र उसलाई कुनै सरोकार छैन
फोहोरसँग
मैलासँग ।

उ प्रकृतिको काँचो संरचना
उ भित्र प्राकृतिक हिसाबले छ
काम
क्रोध
लोभ
लालच ।

आमाको मायालु स्पर्शले बुझेको उसले
माया ÷ प्रेम
आमाकै चड्कने थप्पडले महशुस गराएको हो
रोष पनि ।
यसैले त
स्पर्श विना कुनै शब्दको अर्थ छैन
उसको निरार्थक जीवनको शब्दकोशभित्र ।

श्रावण शक्ति बिनाको बहिरो कानले
उ निष्पट लाटो बन्यो ।
दुनियाँका चहलपहलमा चलमलाइ रहेको
ओठहरुलाई पढ्ने
कुनै अक्षरै भेटेन उसले
जिन्दगीको किताबभित्र ।
त्यसैले त थामियो
उसको प्रगतिको गति ।
बुद्धिको विकाश विना
बद्लिनै नसकेको उसको व्यवहारले
सधैं असभ्यको
अव्यवस्थाको
अविकसितको
गह्रौं अर्थ बोकेर
मात्र एउटा
उसको कान जस्तै पात्र भएर बाँच्न
बाध्य भएको छ उ
लाटो ।।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली बजारमा सुनको भाउमा तिब्र उतारचढाव आइरहेको छ । सोमबारको बजारमा प्रतितोला

काठमाडौं । जनवादी गायक जीवन शर्माको एउटा तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल छ ।

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज चार प्रदेशमा केही भू–भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

काठमाडौं । पाल्पाका राजेश थापाको बिहीबार बिहान ११ः३० को एयर अरेवियाको जी–९५३१ नम्बरको फ्लाइटबाट