Logo
२१ मंसिर २०७८, मंगलवार
     Tue Dec 7 2021
E-paper
  English Edition
   Unicode
Logo

मलाई सम्झनु



हिँड्दा ठोक्किएर लड्यौ भने
तिमी मलाई सम्झनु
म उठाउनु अवश्यै आउनेछु
चोट लागेर रगत आए
तिमी मलाई सम्झनु
म मल्हम पट्टि लिएर आउनेछु ।
म लड्दा कुनै दिन
तिमी मरी मरी हाँसेको थियौ
उठाउने कुरा परै जावोस्
तेसै दिनदेखि तिमी
धेरै टाढा भएको थियौ ।
तिक्तताको अनुभवले
धेरै ज्ञान पाएको थिएँ
र नै त मलाई
तिमीले दिएको गुण
चुकाउनु छ मित्र !
नियतीले दिएको चोटहरू
निको भइसक्यो
मृत्यु पछि त परलोकमा
दुश्मनसगं पनि हात मिलाउन पर्छ
मनोमालिन्य त्यागेर जिउँदो छँदा नै
हात किन नमिलाउने मित्र
हिँड्दा कतै लड्यौ भने
तिमी मलाई सम्झनु
म अवश्यै हात दिएर उठाउने छु ।
चोट लागेर रगत आएमा
मलहम पट्टि लिएर आउने छु ।
तिमी मलाई सम्झनु !
मसित धन नभए पनि ।
मन त छ नि मित्र
आवश्यक परे यो मन नै
बेचौला ।
तिमी मलाई सम्झनु ।।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली बजारमा सुनको भाउमा तिब्र उतारचढाव आइरहेको छ । सोमबारको बजारमा प्रतितोला

काठमाडौं । जनवादी गायक जीवन शर्माको एउटा तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल छ ।

काठमाडौं । पाल्पाका राजेश थापाको बिहीबार बिहान ११ः३० को एयर अरेवियाको जी–९५३१ नम्बरको फ्लाइटबाट