Logo
२१ मंसिर २०७८, मंगलवार
     Tue Dec 7 2021
E-paper
  English Edition
   Unicode
Logo

दस टुक्काहरु




प्रहरी हाम्रा सबैका साथी सुरक्षा दिलाउने
प्रमाण खोजी यत्र र तत्र झगडा मिलाउने


शहर, गाउँ, बजार बस्ती सबैको नजरमा
खोजी त यहाँ उनकै हुन्छ परे है अभरमा


पोशाक,बर्दी जिउमा पर्दा खुल्दछ पहिचान
भिरेको बेला दर्जाको बिल्ला नगर्नु बेइमान


सुरक्षा, शान्ति सबैको निम्ति अत्यन्तै खाँचो हो
प्रहरी हाम्रा सधैंका साथी यो कुरा साँचो भो ।


प्रमाण साथ खोजेर दोषी कार्बाही चलाउने
सिर्जनशील समाज निम्ति गिरोह गलाउने


दिएर साथ प्रहरीलाई दोषी त्यो पक्राऔं
न्यायको फूल समाजभित्र सदैव फक्राऔं


हुँदैनन् कर्म सफल कहीँ प्रहरी नभए
बन्दैन सभ्य सुदृढ कतै सुरक्षा नरहे


गरेर हामी हाते र मालो प्रहरी साथमा
खोज्नेछौं दोषी मिलेर यहाँ औंसीको रातमा


प्रहरी भनी नगरौं हेला हरेक चोकमा
चाहिन्छ साथ परेको बेला प्रत्येक थोकमा

१०
कर्तव्य पथ शिरमा राखी कुकर्म धिक्कारौं
प्रहरी हाम्रा सबैका मित्र गर्वले स्वीकारौं


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली बजारमा सुनको भाउमा तिब्र उतारचढाव आइरहेको छ । सोमबारको बजारमा प्रतितोला

काठमाडौं । जनवादी गायक जीवन शर्माको एउटा तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल छ ।

काठमाडौं । पाल्पाका राजेश थापाको बिहीबार बिहान ११ः३० को एयर अरेवियाको जी–९५३१ नम्बरको फ्लाइटबाट

काठमाडौं । पाँच दलीय गठबन्धन भाँडिने अवस्थामा पुगेको छ । आगामी आमनिर्वाचनसम्मै गठबन्धन कायम