Logo
११ मंसिर २०७८, शनिबार
     Sat Nov 27 2021
E-paper
  English Edition
   Unicode
Logo

कोरोना प्रभावितलाई उद्यमी बनाउन अनुदान



वालिङ । कोरोनाको सङ्क्रमणका कारण रोजगारी गुमाएका यहाँका युवायुवतीलाई लक्षित गरी अनुदान उपलब्ध गराइएको छ । रोजगारी गुमाएका युवायुवतीलाई उद्यमी बनाउने उद्देश्यले उद्यमशिलता तथा नवप्रवर्तन कोषमार्फत ‘स्टार्ट अप’ कारुपमा २० जनालाई जनही रु ५० हजारका दरले अनुदान उपलब्ध गराइएको वालिङ नगरपालिका नगर प्रमुख दिलीपप्रताप खाँणले जानकारी दिए।

यसअघि पनि गतवर्ष २० जनालाई रु ५० हजारका दरले अनुदान उपलब्ध गराएको थियो । कोरोना सङ्क्रमणका कारण प्रभावित भई स्वदेश वा विदेशमा रोजगारी गुमाएका वालिङका नागरिकलाई उद्यमशिलतातर्फ लाग्न प्रेरित गर्ने मुख्य उद्देश्यले कोष स्थापना गरिएको र सोही कोषमार्फत सहयोग गर्दै जाने प्रमुख खाँणले बताए।

नगरपालिकाले व्यवसाय वा उद्यम गर्न चाहने नागरिकले नगरपालिकामा आर्थिक सहयोग माग गरेका आधारमा सहयोग गर्ने नीति बनाई कार्यान्वयनमा ल्याएको छ । विशेष गरी उत्पादन तथा नवप्रवर्तनको सोंच राखेका युवायुवतीलाई उक्त कोषमार्फत अनुदान उपलब्ध गराउने भएको हो ।

विदेशमा रोजगारी गुमाई फर्केका वा स्वदेशमा रोजगारीमा रहेका युवा युवतीलाई स्वरोजगार तथा आत्मनिर्भर बनाई उनीहरुको आयआर्जन वृद्धि गर्न ‘उद्यमशिलता व्यवसाय प्रवद्र्धन तथा नवप्रवर्तन केन्द्र सञ्चालन कार्यविधि २०७७’ निर्माण गरी सोही कार्यविधिका आधारमा रहेर स्थापित कोषबाट आर्थिक सहयोग गरिने प्रमुख खाँणको भनाइ थियो ।

कोरोनाभाइरस प्रभावित भई के गर्ने के नगर्ने अन्योलमा रहेका युवालाई उद्यमशिलता तथा नवप्रवर्तन कोषमार्फत ‘स्टार्टअप’ का रुपमा गत वर्षदेखि नगद अनुदान दिन थालिएको दियालो संस्थाका अध्यक्ष कविता तिवारीले जानकारी दिइन्।

व्यवसाय तथा उद्यम सञ्चालनका लागि युवामा भएको रचनात्मकतालाई उजागर तथा प्रोत्साहित गर्न प्रेरित गर्ने उद्देश्यले कोष स्थापना गरी सञ्चालन गरिएको अध्यक्ष तिवारीले जानकारी दिए। उक्त कोषमार्फत विशेष राहत प्याकेज उपलब्ध गराइ युवालाई उद्यमी बनाइने भएको हो ।

कोरोना सङ्क्रमणका कारण बेरोजगारी समस्या बढ्दै गएकाले यसमा कमी ल्याइ उनीहरुलाई उद्यमी बनाइ आत्मनिर्भर बनाउने मुख्य उद्देश्य रहेकोले कोषमार्फत सहयोग गर्ने संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) नेपालका गण्डकी र लुम्बिनी प्रदेश प्रमुख सुदीप अर्यालले बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भोर्ले । नेपाली काँग्रेस पर्वतको सभापतिमा यूवराज जोशी विजयी भएका छन । जोशीले प्रतिद्धन्दि

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले प्रा.अम, मेडिकल पद र अमल्दार

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले एक्लै हिँडेर कहीँ नपुग्ने बताएका छन्

अफ्रिका । अफ्रिकी देश घानाको आकराबाट इमिरेट्स एरलाईन्सको जहाज हुँदै दुबई आउन लागेका रुकुमका