Logo
२१ मंसिर २०७८, मंगलवार
     Tue Dec 7 2021
E-paper
  English Edition
   Unicode
Logo

‘चिट काट्ने हो, ५ सय तिर्ने हो’



दशैं मनाउन जन्मगाउँ स्याङ्जा जानुपर्ने । तर, गाडी पोखरासम्मको मात्र पाइयो । त्यसपछि पोखराको टिकट लिनको लागि लाइनमा उभिएँ । लाइनमा उभिएको झण्डै डेढ घण्टापछि मुस्किलले ९०१४ नम्बरको माइक्रोबसमा ‘१२ नम्बर’ सिटको टिकट पाएँ । सबैभन्दा अन्तिमको सिट भेटिएपनि म टिकट पाएकोमा भने निकै खुसी थिएँ । तर उक्त खुसी केही मिनेट पनि बाँकी रहेन । कारण थियो उक्त नम्बरको सिटका लागि टिकट काउण्टरले दुई जनाको नाममा टिकट काटेको रहेछ ।

१२ नम्बरको सिटको टिकट यसअघि नै काटिएको भेटिएपछि मैंले पृथ्वी राजमार्ग यातायात व्यवसायी समितिको टिकट काउण्टरमा सोधेँ, ‘यो के हो ? एउटै सिटमा कसरी दुई जना ?’ तर, टिकट काउण्टरबाट अनपेक्षित र अस्वभाविक जवाफ भेटियो, ‘चाडबाडको बेला हो सबै मिलेर जाने । तपाईँ नबस्ने भए अर्कोलाई राख्छौं ।’

काउण्टरको अस्वभाविक जवाफपछि म त्यो माइक्रो बसमा नचढ्ने निधोमा पुगेँ । ‘अर्को माइक्रो कतिखेर आउँछ ?’ विकल्प खोज्ने निर्णयसहित मैंले काउण्टरको जिम्मेवार व्यक्तिलाई सोधेँ । तर, काउण्टरबाट जवाफ आयो, ‘आउने एक घण्टापछि हो तर, जामले ठेगान छैन् ।’

म निर्विकल्प जस्तो भएँ । बाध्य भएर सिटमा गएँ । सोहि नम्बरको टिकट काटिएका पर्वत, कुश्माका दाईले सहज हुनेगरि प्रस्ताव राखे, ‘मिलेर जाऔं, मेरा केटाकेटी छन् । समस्या नहोला ।’

उनको जवाफ पछि केही सहज महसुस भयो । म जाने निर्णयमा सिटमा बसेँ ।

सबै यात्रुहरु निकै असहज मानिरहेको देखेपछि मैंले काउण्टरको मान्छेलाई बोलाएर सोधेँ, ‘मान्छे धेरै हालेपछि ट्राफिकले चिट काट्ला ! चिटको पैसा तिर्दा के फाइदा होला र ? किन मान्छे कोचेको ?’उसले सहज रुपमा भन्यो, ‘चिट त काट्नै नै हो, जाबो पाँच सय बुझाएर के घाटा ? मान्छे भेटिएको बेला नलगे के फाईदा ?’

माइक्रो हिँड्ने तयारीमा थियो । तर, काउण्टरका मान्छेले थप तीन जना मान्छे निकै सामानसहित लिएर आए । अनौठो लाग्यो, अन्तिममा सिटमा हामी ५ जना, बीचका कुनै पनि सिट खाली थिएनन् । सिट नभएको ठाउँमा पनि फ्ल्याक राखेर मान्छे राखिसकिएको थियो । सोँचे, थपिएका मान्छेलाई कहाँ राख्लान् ?

तर, यसअघि मिलेर जानुपर्छ भन्ने काउण्टरको मान्छे फेरी आएर उनीहरुलाई पनि फ्ल्याकको काठमा मिलेर बस्न सुझाएर हिँड्यो । बसेको मान्छे सहज चलमल गर्न नमिल्ने बनिसकेको अवस्थामा थप तीन जना सामानसहित कोचिन आइपुगे ? यसअघि सिटमै बसिसकेकाहरुले हुँदैन् भन्दै विरोध पनि जनाए । तर, विचराहरु घर जाने योजनामा सामानसहित गाडीमा आएका म जस्तै निर्विकल्प बनेर कोचिन आइपुगे ।

‘एैया, मेरो खुट्टो च्यापियो !’ पछिल्लो मान्छे कोचिएपछि सिटमा बसिरहेकी महिला कराइन् । तर, बाध्य भएर मिलिन् । त्यो दृश्य निकै अनौठौ थियो ।

सबै यात्रुहरु निकै असहज मानिरहेको देखेपछि मैंले काउण्टरको मान्छेलाई बोलाएर सोधेँ, ‘मान्छे धेरै हालेपछि ट्राफिकले चिट काट्ला ! चिटको पैसा तिर्दा के फाइदा होला र ? किन मान्छे कोचेको ?’

उसले सहज रुपमा भन्यो, ‘चिट त काट्नै नै हो, जाबो पाँच सय बुझाएर के घाटा ? मान्छे भेटिएको बेला नलगे के फाईदा ?’

सायद बढी यात्रु बोक्दा जरिवाना तिरेपनि घाटा नहुने व्यवस्थाका कारण यातायात व्यवसायी चिट काट्न उद्धत देखिएका होलान् । सायद ट्राफिक प्रशासनले पनि व्यवसायीको हितलाई नै ख्यालमा राखेर पाँच सय वाला चिट काट्ने व्यवस्था गरेको होला । जसले राज्यको कोषमा पनि पैसा आओस् अनि व्यवसायीलाई पनि फाइदा होस् ।

सार्वजनिक यातायात बिरामीमैत्री छैन । स्वास्थ्यमा समस्या भएका बिरामीहरुले समयमा दिशा–पिसाब पनि गर्न पाउने अवस्था सार्वजनिक यातायातमा छैन् । यात्रु खोज्न घण्टौं पर्खिन सक्ने व्यवसायी दिशा–पिसाबको लागि पाँच मिनेट पनि रोकिन तयार हुँदैनन् ।

व्यवसायीको मनपरिमा निरिह नागरिक

चाडबाडको बेला मात्रै होइन लामो रुटमा यात्रा गर्ने यात्रीहरु म जस्तै यातायात व्यवसायीबाट सधैँ ठगीएका हुन्छन् । भाडाको मात्रै विषय होइन् उनीहरुले लेखिएको र तोकिएको पनि सेवा सुविधा पाउँदैनन् । एकातिर मनपरि भाडा तिरेर ठगिएका यात्रुहरु सहज रुपमा सिटमा बसेर यात्रा गर्ने सुविधाबाट पनि सधैँ बञ्चित भइरहेका छन् ।

लामो रुटमा यातायात चलाउने व्यवसायीले सधैँ सिट क्षमताभन्दा बढी नै यात्रु ओसार्ने गर्छन् । पैसा तिरेका यात्रुलाई पनि उनीहरुले फलेक र भूँइमै राखेर यात्रा गर्न बाध्य पारिरहेका छन् ।

अर्कोतिर सार्वजनिक यातायात बिरामीमैत्री छैन । स्वास्थ्यमा समस्या भएका बिरामीहरुले समयमा दिशा–पिसाब पनि गर्न पाउने अवस्था सार्वजनिक यातायातमा छैन् । यात्रु खोज्न घण्टौं पर्खिन सक्ने व्यवसायी दिशा–पिसाबको लागि पाँच मिनेट पनि रोकिन तयार हुँदैनन् ।

मृगौलासँग सम्बन्धित समस्या भएका बिरामीका लागि सार्वजनिक यातायात असाध्यै पीडाको विषय बनिरहेको देखिन्छ । लामो रुटमा यात्रा गर्नुपर्ने बिरामी बाटोमा रोकिन नपाउने समस्याका कारण इच्छाअनुसार पानी पनि पिउन नपाउने अवस्थामा छन् ।

यात्रुलाई होटल तथा रेष्टुरामा सिण्डिकेट जस्तै छ । उनीहरु व्यवसायीकै तजबीजअनुसारका होटल तथा रेष्टुरामा गएर खानुपर्ने बाध्यतामा छन् । गुणस्तरहीन र अस्वभाविक मूल्य भएपनि यात्रीहरु विकल्प विहिन पैसा बुझाउन बाध्य छन् । जसको विषयमा पटक–पटक अनुगमन भएर सरकारी प्रतिवेदन सार्वजनिक भएको भएपनि सरकारका निकाय यसमा मुखदर्शक मात्रै छन् ।

व्यवसायीले आफ्नै सुझाबअनुसार तोकेको भाडादरमा ५० प्रतिशतसम्म भाडा बढाएर लिएका छन् । व्यवसायीको सुझाबअनुसार प्रति किलोमिटर न्यूनतम २ रुपैयाँ ४३ पैसादेखि २ रुपैयाँ ६७ पैसासम्म निर्धारण गरिएको दर अहिले कार्यान्वयनमा छैन् । अहिले काठमाडौंदेखि पोखरासम्मको २०७ किलोमिटर दुरीको भाडादर प्रति किमि ३ रुपैयाँ ७० पैसाभन्दा बढीको दरले लिने गरिएको छ ।

भाडादरमा मनपरी, तोकिएको भाडाभन्दा ५० प्रतिशतसम्म असुली

केपी शर्मा ओली नेतृत्वको तत्कालिन सरकारले जाँदाजाँदै सुटुक्क असार २९ मा सार्वजनिक यातायातको भाडादरमा २८ प्रतिशतसम्मले वृद्धि गर्ने निर्णय गरेको थियो । ओली नेतृत्वको सरकारले वृद्धि गरेको भाडादर शेरबहादुर देउवा नेतृत्वको सरकारले कार्यान्वयनमा ल्याएको छ ।

तर, अहिले व्यवसायीकै सुझाबअनुसार बढाइएको भाडादर भने कार्यान्वयन छैन् । बरु व्यवसायीले आफ्नै सुझाबअनुसार तोकेको भाडादरमा ५० प्रतिशतसम्म भाडा बढाएर लिएका छन् । व्यवसायीको सुझाबअनुसार प्रति किलोमिटर न्यूनतम २ रुपैयाँ ४३ पैसादेखि २ रुपैयाँ ६७ पैसासम्म निर्धारण गरिएको दर अहिले कार्यान्वयनमा छैन् ।

अहिले काठमाडौंदेखि पोखरासम्मको २०७ किलोमिटर दुरीको भाडादर प्रति किमि ३ रुपैयाँ ७० पैसाभन्दा बढीको दरले लिने गरिएको छ । सरकारले तोकेभन्दा १ रुपैयाँ प्रतिकिमि बढीले भाडादर निर्धारण गरिएको छ । तर सरकार भने उक्त विषयमा मौन छ । जसबाट यात्रुहरु भने निरन्तर ठगीरहेका छन् । अहिले प्रश्न उठेको छ, व्यवस्था बनाउने सरकार कि व्यवसायी ?


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । जनवादी गायक जीवन शर्माको एउटा तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल छ ।

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज चार प्रदेशमा केही भू–भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

काठमाडौं । पाल्पाका राजेश थापाको बिहीबार बिहान ११ः३० को एयर अरेवियाको जी–९५३१ नम्बरको फ्लाइटबाट