Logo
११ मंसिर २०७८, शनिबार
     Sat Nov 27 2021
E-paper
  English Edition
   Unicode
Logo

यसरी मनाए अमेरिकामा नेपालीहरुले दशैँ (तस्बिरसहित)



विजय थापा,अमेरिका । कोरोना महामारीको चपेटामा बिश्व मै सर्वाधिक प्रभावित परेको अमेरिकाका विभिन्न राज्य तथा शहरमा बसोबास गर्ने नेपालीहरुले २०७८ सालको बिजया दशमी हर्षोउल्लाश साथ मनाएका छन् ।


अमेरिकामा एक छेउ देखि अर्को राज्यमा ३ घण्टा सम्मको समय फरक हुने हुनाले टीका थाप्ने काम जारी छ । अमेरिकामा बिजया दशमी शुक्रबार परेकोले यहाँ बिदा नहुने भएकोले काममा बिदा नहुनेहरुले काम बाट आएर पनि टीका परिवारलाई लगाई दिएका छन् । अधिकांश नेपालीहरुले बिदा लिई दशैँ मनाई पनि रहेका छन् ।

अमेरिकामा नेपाली समुदायले टीका ग्रहण गरेका तस्बिरहरु सामाजिक संजालमा धमाधम राख्न थालेका छन् । यस पटक लगातार दोश्रो बर्ष पनि कोरोना महामारीको कारण आफन्त, ठूला बडा ,मान्यजनहरुबाट दुर्गा भवानीको प्रसाद स्वरुप टीका ग्रहण सीमित रुपमा गरेका छन् ।

अमेरिकामा अझ सम्भवत सबै नेपालीहरुले पूर्ण खोप लगायता पनि डेल्टा प्रजातिको कोरोनाको आक्रान आफ्ना एकल परिवार वा घर भित्रै रहेका परिवार सदस्यहरु बीच मात्रै दशैं मनाएका छन् भने जानै पर्ने स्थानमा टीका थापेका छन ।

अमेरिकामा नेपालकै शुभ साइत बिहान १० बजेर ०२ मिनेट देखि टिका थाप्न सुरु गरेका थिए । अमेरिकामा रहेका नेपालीहरुको मन्दिर र सामुदायिक केन्द्रले समेत जमरा वितरण गरेका छन् ।

असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजया दशमी बडा दसैँकै सबैभन्दा महत्वपूर्ण दिन हो ।

May be an image of 1 person, flower and indoor

अमेरिकामा दशैको दिनमा सेलरोटि, मासुका विभिन्न परिकार,नेपाली शैलीका अचार ,काक्राको खल्पी तथा शाकाहारीको लागि फलाहार आदि ईत्यादी समेत आफु, परिवार तथा अतिथिहरुलाई खुवाएका छन् ।

बर्ष दिनमा आउने महान चाड दशैंमा नेपाली पोशाक दौरासुरुवाल, भाद गाउले तथा ढाका टोपीमा सजिएका देखिन्थे भने महिलाहरु पनि बिशेष गरि राता सारी (फरिया) तथा गरगहनामा सजिएका थिए । साना बाल बालिकाहरुका लागि दशैं निकै रमाइलो हुने हुनाले अमेरिकामा जन्मिएका बालबालिकाहरु टिका जमरा र खाममा डलर पैसा दिदा निकै दङ्ग परेका देखिन्थे ।

अमेरिकामा हाल ३ पुस्ते परिवार पनि निकै भएकोले नेपाली समुदायले हजुरबा, हजुरआमा, मातापिता, सासुससुरा, पुरोहित, मान्यजन तथा ठूलाबडाको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उनिहरुबाट ऐश्वर्य वृद्धि, तथा दीर्घायुको आशीर्वाद समेत लिएका छन् ।

 

May be an image of 2 people, child, people standing and indoor

May be an image of 1 person, child, sitting, standing and indoor


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भोर्ले । नेपाली काँग्रेस पर्वतको सभापतिमा यूवराज जोशी विजयी भएका छन । जोशीले प्रतिद्धन्दि

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले प्रा.अम, मेडिकल पद र अमल्दार

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले एक्लै हिँडेर कहीँ नपुग्ने बताएका छन्

अफ्रिका । अफ्रिकी देश घानाको आकराबाट इमिरेट्स एरलाईन्सको जहाज हुँदै दुबई आउन लागेका रुकुमका