Logo
११ मंसिर २०७८, शनिबार
     Sat Nov 27 2021
E-paper
  English Edition
   Unicode
Logo

कोरोना महामारीको चपेटामा बालबालिका, अमेरिकामा संक्रमित बालबालिकाको संख्या पुग्यो ६० लाख



काठमाडौं । कोरोना संक्रमणको प्रभाव बालबालिकामा कमजोर देखिएको विश्लेषण गरिएको बेला अमेरिकामा भने सबैभन्दा बढी कोरोनाको चपेटामा बालबालिका परेको देखिएको छ । महामारीको तेस्रो लहर चलिरहेको बेला अमेरिकामा सबैभन्दा बढी बालबालिका संक्रमित भएको तथ्यांक सार्वजनिक भएको हो ।

अन्तराष्ट्रिय सञ्चार माध्यमले अमेरिकामा हालसम्म कोरोनाबाट संक्रमित हुने बालबालिकाको संख्या ६० लाख पुगेको जनाएका छन् । समाचार माध्यमका अनुसार दैनिक हजारौंको संख्यामा संक्रमितहरु थपिइरहेका छन् ।

रिपोर्टअनुसार गत ३० सेप्टेम्बरदेखि ७ अक्टुबरको बीचमा मात्रै झण्डै डेढ लाख बढी बालबालिका कोरोनाबाट संक्रमित बनेका थिए । बताइएअनुसार पछिल्लो चार हप्ताको बीचमा मात्रै झण्डै ८ लाख बालबालिका कोरोनाबाट संक्रमित भएका छन् ।

अन्यभन्दा बालबालिका बढी संक्रमित

रिपोर्टअनुसार अक्टुबर लागेसँगै साप्ताहिक साढे दुई लाखको हाराहारीमा कोरोनाबाट बालबालिका संक्रमित भएको देखिएको छ । चिसो मौसमको सुरुवातीसँगै बालिबालिकाहरु बढी संक्रमित हुन थालेको सञ्चार माध्यमले जनाएका छन् ।

संक्रमितको संख्यामा बढोत्तरी आएसँगै मृत्युदर पनि बढ्न सक्ने जोखिम देखिएको बताइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भोर्ले । नेपाली काँग्रेस पर्वतको सभापतिमा यूवराज जोशी विजयी भएका छन । जोशीले प्रतिद्धन्दि

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले प्रा.अम, मेडिकल पद र अमल्दार

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले एक्लै हिँडेर कहीँ नपुग्ने बताएका छन्

अफ्रिका । अफ्रिकी देश घानाको आकराबाट इमिरेट्स एरलाईन्सको जहाज हुँदै दुबई आउन लागेका रुकुमका