Logo
१५ मंसिर २०७८, बुधबार
     Wed Dec 1 2021
E-paper
  English Edition
   Unicode
Logo

सुष्मा राई बनिन् केन्द्रीय सदस्य, पाइन् सुनसरी जिल्ला सहइञ्चार्ज



काठमाडौँ । महिला नेतृ सुष्मा राई नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समिति सदस्य बनेकी छन् ।

सो पार्टीको असोज ५–७ मा केन्द्रीय कमिटीको प्रथम बैठक र २०७८ असोज २१ गते स्थायी कमिटीको सातौं बैठकले नेताहरुको कार्यभार र जिम्मेवारी विभाजन गर्ने क्रममा राईलाई केन्द्रीय सदस्य बनाउँदै सुनसरी जिल्ला सहइञ्चार्जको जिम्मेवारी तोकेको छ ।

लामो समय बेलायत रहँदा पनि गैरआवासीय नेपालीबीच वाम राजनीति सम्प्रेषण गरेकी नेतृ राई केही वर्ष यतादेखि नेपालमा पनि सक्रिय छन् । नेकपा एमालेका अध्यक्ष तथा तत्कालिन प्रधानमन्त्री केपी ओलिले गरेका प्रतिगमनको विरोधि आन्दोलनमासमेत क्रियाशिल रुपमा लागेकी राईले समाजवादी पार्टी निर्माण अभियानमा सहयोग पु¥याउँदै आएकी छन् ।

शहिद रामप्रसाद राईकी नातिनी सुष्मा रामप्रसाद राई प्रतिष्ठानकी अध्यक्षसमेत हुन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजा महेन्द्रको प्रसंशा गर्ने नेकपा

चितवन । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनले जिल्लाका दुई उपाध्यक्षसहित १० जनालाई केन्द्रीय समितिमा

सउल । दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ ।

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा