Logo
११ मंसिर २०७८, शनिबार
     Sat Nov 27 2021
E-paper
  English Edition
   Unicode
Logo

वालिङमा १६ करोड बढी सामाजिक सुरक्षा भत्ता वितरण



३१ असोज । स्याङ्जाको वालिङ नगरपालिकाले गत आर्थिक वर्ष २०७७/०७८ मा रु १६ करोड बढी सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । नगरपालिकाले ज्येष्ठ नागरिक, दलित, आर्थिकरुपले विपन्न, एकल एवम् विधवा महिला, असाहय, अपाङ्गता भएका ब्यक्तिका लागि बैंकमार्फत रु १६ करोड ३१ लाख २१ हजार सामाजिक सुरक्षा भत्ता वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले जानकारी दिए । नगरपालिकाले वडागतरुपमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने ब्यक्तिको सूची तयार गरेर विभिन्न बैंक तथा वित्तीय संस्थासँग सम्झौता गरी छ हजार ६२८ जनालाई भत्ता वितरण गरेको भट्टराईले जानकारी दिए।

नगरपालिकाका १४ वडामा ७० वर्षभन्दामाथिका तीन हजार २८६, ज्येष्ठ नागरिक, दलित ४७८, ज्येष्ठ नागरिक एकल महिला ८००, असहाय/विधवा ८७२, अपाङ्ग भत्ता क वर्ग १४३, ख बर्ग २६६ र दलित बालबालिका ७८३ गरी कूल छ हजार ६२८ जनालाई तीन चौमासिकमा बैंकमार्फत रकम हस्तान्तरण गरिएको हो ।

प्रथम चौमासिकमा रु चार करोड ७४ लाख ६५ हजार २८२, दोस्रो चौमासिकमा रु पाँच करोड ६० लाख १५ हजार १९८ र तेस्रो तथा अन्तिम चौमासिकमा पाँच करोड ९६ लाख ४० हजार ५२० गरी कूल रु १६ करोड ३१ लाख २१ हजार भत्ता वितरण गरिएको लेखा अधिकृत ज्ञानप्रसाद अर्यालले जानकारी दिए ।

नगरपालिकामा सबैभन्दा धेरै भत्ता बुझ्नेको सङ्ख्या ७० वर्षमाथिका तीन हजार २८६ जना ज्येष्ठ नागरिक रहेका छन् । वालिङ नगरपालिकामा गत आव २०७६/०७७ मा रु सत्र करोड २१ लाख ४४ हजार ४०० रकम भत्तास्वरुप वितरण गरिएको सहायक लेखापाल ईश्वरीप्रसाद तिवारीले बताए ।

ज्येष्ठ नागरिक, दलित, आर्थिकरुपले विपन्न, अशक्त र असहाय अवस्थाका व्यक्ति, एकल महिला, क र ख वर्गका अपाङ्गता भएका व्यक्तिका लागि नगरपालिकाले बैंकमार्फत रु सत्र करोड २१ लाख ४४ हजार ४०० वितरण गरेको हो । नगरपालिकाले प्रथम, दोस्रो र तेस्रो चौमासिकमा भत्ता वितरण गर्दै आएको छ । आव २०७६/०७७ को पहिलो चौमासिकमा रु पाँच करोड ७१ लाख ८३ हजार, दोस्रोमा रु पाँच करोड ७२ लाख दुई हजार र तेस्रो तथा अन्तिम चौमासिकमा रु पाँच करोड ७७ लाख ५८ हजार वितरण गरिएको सहायक लेखापाल तिवारीले बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भोर्ले । नेपाली काँग्रेस पर्वतको सभापतिमा यूवराज जोशी विजयी भएका छन । जोशीले प्रतिद्धन्दि

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले प्रा.अम, मेडिकल पद र अमल्दार

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले एक्लै हिँडेर कहीँ नपुग्ने बताएका छन्

अफ्रिका । अफ्रिकी देश घानाको आकराबाट इमिरेट्स एरलाईन्सको जहाज हुँदै दुबई आउन लागेका रुकुमका