Logo
२१ मंसिर २०७८, मंगलवार
     Tue Dec 7 2021
E-paper
  English Edition
   Unicode
Logo

मन्त्रीहरुलाई एकीकृत समाजवादीको निर्देशन, के छ त १० बुँदामा ?



काठमाडौँ । नेकपा(एकिकृत समाजवादी) पार्टीले आफ्नो पार्टीबाट संघीय सरकारमा सहभागी भएका मन्त्रीहरुलाई जनपक्षीय कार्य गर्न १० बुँदे निर्देशन दिएको छ ।

सरकारमा सहभागी भएका आफ्ना मन्त्रीहरुलाई सरकारमा रहेर देश र जनताको निम्ति राम्रो काम गर्न निर्देशन दिएको हो ।

सो पार्टीको हालै सम्पन्न केन्द्रीय समिति तथा स्थायी समिति बैठकले गरेका निर्णयहरुबारे आवश्यक जानकारी दिन र निर्णय कार्यान्वयन गर्न गराउन जारी गरिएको अन्तरपार्टी निर्देशन (अपानी)मै उक्त निर्देशन उल्लेख गरिएको छ ।

१० बुँदे निर्देशनमा इमान्दारीता र कर्तव्य निष्ठाका साथ काम गर्न, राष्ट्र र जनताको हितलाई केन्द्रबिन्दुमा राखेर काम गर्न, निजी स्वार्थ, अनिमियतता र भ्रष्टाचारबाट मुक्त्त रहन, विवादमा पर्ने कुनै काम नगर्न भनिएको छ ।

यी हुन् एकीकृत समाजवादीले सरकारमा सहभागी आफ्ना मन्त्रीहरुलाई दिएको निर्देशन :
१) इमान्दारीता र कर्तव्य निष्ठाका साथ काम गर्न ।
२) राष्ट्र र जनताको हितलाई केन्द्रबिन्दुमा राखेर काम गर्न ।
३) निजी स्वार्थ, अनिमियतता र भ्रष्टाचारबाट मुक्त्त रहन ।
४) योग्यता, क्षमता र कार्य सम्पादनमा उत्कृष्टताको आधारमा व्यक्तिको छनौट गरी जिम्मेवारी दिन ।
५) विवादमा पर्ने कुनै पनि काम नगर्न ।
६) स्वच्छ र सादा जीवन, असल आचरण र संस्कारको अवलम्बन गर्न ।
७) पार्टीको नेतृत्व र सम्बन्धित विभागसँग समन्वय गरी काम गर्न र पार्टीको निर्देशन र सल्लाहलाई पालना गर्न ।
८) सम्बन्धित क्षेत्रका विज्ञ तथा अनुभवी व्यक्तिहरुबाट नियमित रुपमा राय परामर्श लिन ।
९) नेता, कार्यकर्तासँग जीवन्त सम्पर्क राखी छिटो छरितो ढंगले काम गर्न ।
१०) पाँच दलीय गठबन्धनको भावना अनुरुप अन्य दलहरुसँग सहकार्य गर्न ।

एकीकृत समाजवादी नेपाली कम्युनिष्ट आन्दोलनको पुनर्गठन र रूपान्तरणको अभियानमा जुटेको जनाउँदै यस अभियानमा जुट्दै गर्दा आउनसक्ने चुनौतिहरूमा दृढताका साथ अगाडि बढ्न र दृढ अठोट, उच्च मनोवल, उत्साह र उर्जाका साथ सक्रिय भएर आ–आफ्नो ठाउँमा लागि पर्न आग्रह गरिएको छ ।

यसअघि नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले आफ्ना पार्टीबाट सरकारमा गएका मन्त्रीहरुलाई पार्टी कार्यालयमै बोलाएर जनपक्षिय काम गर्न निर्देशन दिएका थिए । अध्यक्ष नेपालले मन्त्रीहरुले अनुचित कार्य गरे क्षम्य नहुने चेतावनी दिँदै उनले गलत कार्य गर्ने मन्त्रीहरुकाे जिम्मेवारी खोसिने समेत बताएका थिए ।

एकीकृत समाजवादीबाट विरोध खतिवडा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री, रामकुमारी झाँकी सहरी विकास, प्रेमबहादुर आले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री र कृष्णकुमार श्रेष्ठले श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रीको जिम्मेवारी पाएका छन्। स्वास्थ्य राज्यमन्त्रीमा भवानीप्रसाद खापुङ नियुक्त भएका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली बजारमा सुनको भाउमा तिब्र उतारचढाव आइरहेको छ । सोमबारको बजारमा प्रतितोला

काठमाडौं । जनवादी गायक जीवन शर्माको एउटा तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल छ ।

काठमाडौं । पाल्पाका राजेश थापाको बिहीबार बिहान ११ः३० को एयर अरेवियाको जी–९५३१ नम्बरको फ्लाइटबाट

काठमाडौं । पाँच दलीय गठबन्धन भाँडिने अवस्थामा पुगेको छ । आगामी आमनिर्वाचनसम्मै गठबन्धन कायम