Logo
२० मंसिर २०७८, सोमबार
     Mon Dec 6 2021
E-paper
  English Edition
   Unicode
Logo

पछिल्लो २४ घण्टामा थपिए ३ सय ९१ कोरोना संक्रमित, ६ जनाको मृत्यु



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७७ जनामा कोरोना परीक्षण गर्दा ३ सय ९१ जनामा संक्रमण भेटिएको हो ।

मन्त्रालयले जनाएअनुसार पछिल्लो २४ घण्टामा ६ सय ८० जना कोरोना संक्रमणबाट मुक्त पनि भएका छन् । जुन संक्रमणदरभन्दा झण्डै दोब्बर बढी पनि हो । मन्त्रालयका अुनसार हालसम्म ७ लाख ८१ हजार ५४६ जना संक्रमण मुक्त भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा थप ६ जनाले कोरोना संक्रमणकै कारण ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २ सय ८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १२ हजार २९७ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सक्रिय संक्रमितमध्ये ११ हजार २७८ जना होम आइसोलेसनमा रहेका छन् भने १०१९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २९९ जना आईसीयू र ९८ जना भेन्टिलेटरमा उपचाररत् छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली कांग्रेसको इतिहासमा पहिलोपटक प्रदेश संरचना संस्थागत भएको छ । प्रधानमन्त्री शेर

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले परीक्षा तालिका सार्वजिनक गरेको छ ।

काठमाडौं । माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिहरुको छनोटको मापदण्ड तयार गरेको छ

काठमाडाैं । नेपाली समाजमा जात र थरकाे विषयले निकै प्राथमिकता पाइरहेकाे हुन्छ । मानिसहरूले