Logo
११ मंसिर २०७८, शनिबार
     Sat Nov 27 2021
E-paper
  English Edition
   Unicode
Logo

पर्वतको फलेवासमा माओवादीको कार्यक्रम, ६४ कै हैसियतमा पार्टी बलियो बनाउने प्रण



फलेवास, पर्वत । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) ले पर्वतको फलेवासमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

नेकपा(माओवादी केन्द्र) फलेवास र फलेवास–काठमाडौँ, सम्पर्क मञ्चद्वारा संयुक्त रुपमा आयोजित सो कार्यक्रम भव्यताका साथ सम्पन्न भएको र नेकपा माओवादीलाई ६४ सालकै हैसियतमा लैजाने प्रण गरिएको कार्यक्रम आयोजकले बताएका छन् ।

पर्वत बहुमुखी क्याम्पस फलेवासको सभाकक्षमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै सो पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज गुप्त बहादुर हमाल ठकुरीले पार्टी ३० लाख सदस्यको टार्गेटमा हिडेको बताउँदै पार्टीलाई जीवन ठानेर अघि बढ्न कार्यकर्तालाई निर्देशन दिएका थिए ।

कार्यक्रमको संयोजक समेत रहेका कार्यक्रमका सभापति दिपक तिवारीले फलेवास हुँदै पर्वतभरी पार्टी बलियो बनाउन आफू सक्रिय हुने प्रतिबद्धता सहित २०६४ सालको हैसियतमा पार्टी बलियो बनाउने अठोट व्यक्त गरे ।

विकास सोनीको संचालन र वाइसिएल नेता रुपक भट्टको स्वागत मन्तव्यमा भएको सो कार्यक्रममा माओवादी नेताहरुः मनरुपा शर्मा, प्रेम राना, शंकर गिरी, शोभा क्षेत्री, कमल भुसाल, हिटलर थापा, शिवलाल पुरी, कमल रिजाल, अशोक पौडेल, भोज कुँवर लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा विभिन्न पार्टी छाडेर माओवादीमा प्रवेश गर्नेहरुलाई स्वागत गरिएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भोर्ले । नेपाली काँग्रेस पर्वतको सभापतिमा यूवराज जोशी विजयी भएका छन । जोशीले प्रतिद्धन्दि

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले प्रा.अम, मेडिकल पद र अमल्दार

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले एक्लै हिँडेर कहीँ नपुग्ने बताएका छन्

अफ्रिका । अफ्रिकी देश घानाको आकराबाट इमिरेट्स एरलाईन्सको जहाज हुँदै दुबई आउन लागेका रुकुमका