Logo
११ मंसिर २०७८, शनिबार
     Sat Nov 27 2021
E-paper
  English Edition
   Unicode
Logo

एमालेमा महाधिवेशनको तयारी : कात्तिक ६ मा वडा र कात्तिक ९ मा पालिका तहको अधिवेशन



काठमाडौं । नेकपा (एमाले)ले आगामी कात्तिक ६ गते देशभरका ६ हजार ७ सय ४५ वडामा एकैसाथ वडा अधिवेशन आयोजना गर्ने भएको छ । मंसिरमा महाधिवेशन आयोजना गर्ने कार्यतालिका बनाएको एमालेले कात्तिक ६ मा एकैपटक वडा अधिवेशन गर्ने कार्यतालिका तय गरेको हो ।

एमाले केन्द्रीय कार्यालयले जनाएअनुसार वडा अधिवेशनको शूभारम्भ पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकैपटक भर्चुअल माध्यमबाट गर्नेछन् ।

एमालेले वडा अधिवेशन लगत्तै कात्तिक ९ मा देशभरका सबै स्थानीय तहको अधिवेशन गर्ने पनि कार्यतालिका बनाएको छ । वडा र स्थानीय तहको अधिवेशन लगत्तै जिल्ला र प्रदेशको अधिवेशनहरु गर्ने एमालेको तयारी छ ।

वडा र स्थानीय तहमा अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उपसचिव र सदस्यहरु निर्वाचन प्रणालीबाटै चुनिने छन् । विधानअनुसार कमिटीमा ३३ प्रतिशत महिलाको सहभागिता अनिवार्य गरिएको जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भोर्ले । नेपाली काँग्रेस पर्वतको सभापतिमा यूवराज जोशी विजयी भएका छन । जोशीले प्रतिद्धन्दि

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले प्रा.अम, मेडिकल पद र अमल्दार

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले एक्लै हिँडेर कहीँ नपुग्ने बताएका छन्

अफ्रिका । अफ्रिकी देश घानाको आकराबाट इमिरेट्स एरलाईन्सको जहाज हुँदै दुबई आउन लागेका रुकुमका