Logo
१५ मंसिर २०७८, बुधबार
     Wed Dec 1 2021
E-paper
  English Edition
   Unicode
Logo

गुट फेराउँदै मन्त्री बनाउँदै देउवा, मिनेन्द्र र दिलेन्द्र गुट फेरेपछि मात्रै मन्त्री



काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस गुटगत राजनीतिले निकै आक्रांत छ । सरकार वा पार्टीगत विषयमा निर्णय गर्नुपर्दा कांग्रेसमा गुटगत विषयले नै प्राथमिकता पाउछ । गुटगट रुपमा एजेण्डामाथि छलफल भएपछि मात्रै निर्णय गर्ने पद्धति कांग्रेसमा छ ।

हालै भएको मन्त्री चयनको विषयमा पनि कांग्रेसमा गुटगत राजनीतिले नै प्राथमिकता पाएको थियो । कांग्रेसमा मन्त्रीको संख्या गुटगत रुपले नै छुट्याइएको थियो ।

तर, पार्टी महाधिवेशनको मुखमा सत्ताको नेतृत्व गर्ने अवसर पाएका प्रधानमन्त्री शेरबहादुर देउवाले गुटगत रुपमा कोटा छुट्याइएपनि मन्त्री चयन गर्दा गुट फेराउँदै मन्त्री बनाउँदै गरेको खुलासा भएको छ । उनले विशेषतः वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरु डा. मिनेन्द्र रिजाल र दिलेन्द्रप्रसाद बडुलाई आफ्नै गुटमा ल्याएर मन्त्री बनाएको खुलेको हो ।

देउवाले पौडेल पक्षले मन्त्रीको टुंगो नलगाउँदै आफैंँले रिजाल र बडुलाई मन्त्रीमा छनौट गरेका थिए । उनले नाम छनौट गरेपछि पौडेल पक्षमा दबाब दिन लगाएर नाम टुंग्याएको पाइएको छ ।

बताइएअनुसार पौडेल पक्षभित्र रिजाल र बडुको नामप्रति सहमति थिएन तर, देउवाले आफ्नै हिसाबले दुवै नाम टुंग्याएका थिए । उनले दुवैलाई निकै महत्वपूर्णं मन्त्रालयको जिम्मेवारी पनि दिएका छन् । रिजाल सरकारको रक्षाको जिम्मेवारी छन् भने बडु कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय हेर्दछन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजा महेन्द्रको प्रसंशा गर्ने नेकपा

चितवन । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनले जिल्लाका दुई उपाध्यक्षसहित १० जनालाई केन्द्रीय समितिमा

सउल । दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ ।

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा