Logo
११ मंसिर २०७८, शनिबार
     Sat Nov 27 2021
E-paper
  English Edition
   Unicode
Logo

चीनले अन्तरिक्षबाटै परीक्षण गर्‍यो हाइपरसोनिक मिसाइल, अमेरिका हैरानीमा



काठमाडौं । चीनले अन्तरिक्षबाटै हाइपरसोनिक मिसाइलको परीक्षण गरेको छ । बेलायती पत्रिका फाइनान्सियल टाइम्सका अनुसार चीनले गत अगष्टमा परमाणु क्षमतायुक्त हाइपरसोनिक मिसाइलको परीक्षण अन्तरिक्षमा गरेको हो ।

सञ्चार माध्यमले जनाएअनुसार उक्त परीक्षणबारे अन्य देशलाई भने जानकारी थिएन ।

बिबिसीका अनुसार चीनले गरेको परीक्षणप्रति अमेरिकी खुफिया एजेन्सी भने हैरानीमा परेको छ । हाल चीनसहित अमेरिका, रुस, उत्तर कोरियाले हाइपरसोनिकको क्षेत्रमा काम गरिरहेका छन् ।

बिबिसीले जनाएअनुसार बालिस्टिक मिसाइल जस्तै हाइपरसोनिक मिसाइल पनि परमाणु हतियारयुक्त हुन्छन् र यो ध्वनिको गतिभन्दा पाँच गुणा तीव्र रफ्तारले उड्न सक्छ । मिसाइललाई ट्रयाक गर्न र यसबाट बच्न पनि निकै कठिन हुने बताइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भोर्ले । नेपाली काँग्रेस पर्वतको सभापतिमा यूवराज जोशी विजयी भएका छन । जोशीले प्रतिद्धन्दि

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले प्रा.अम, मेडिकल पद र अमल्दार

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले एक्लै हिँडेर कहीँ नपुग्ने बताएका छन्

अफ्रिका । अफ्रिकी देश घानाको आकराबाट इमिरेट्स एरलाईन्सको जहाज हुँदै दुबई आउन लागेका रुकुमका