Logo
२१ मंसिर २०७८, मंगलवार
     Tue Dec 7 2021
E-paper
  English Edition
   Unicode
Logo

सरकारमा सहभागी मन्त्रीहरुको काम हेर्न माओवादीले बेग्लै कमिटी बनाउने



काठमाडौं । सरकार सञ्चालनमा असन्तुष्ट देखिएको माओवादीले आफ्ना मन्त्रीहरुलाई योजनाबद्ध काम गराउन बेग्लै कमिटी बनाउने भएको छ । जारी स्थायी समिति बैठकले यस्तो कमिटी बनाउन लागेको हो ।

बताइएअनुसार बन्ने कमिटीले सरकारमा सहभागी मन्त्रीका कामको अनुगमन, मूल्यांकन गर्दै सुझाब दिनेछ । साथै सम्बन्धित मन्त्रालयका कामलाई प्रभावकारी बनाउन सहयोग गर्नेछ ।

पार्टी स्थायी समिति सदस्य गणेश शाहले जनाएअनुसार जसबारे मंगलबारको बैठक निर्णय गर्ने सम्भावना छ । उनका अनुसार तीनदेखि पाँच सदस्यीय कमिटी बनाउने तयारी छ ।

सत्ता साझेदार माओवादी केन्द्र सरकारको कामकारबाही प्रति सन्तुष्ट छैन् । उसले आफ्ना मन्त्रीको काम पनि प्रभावकारी नभएको बताउँदै आएको छ । हाल गठबन्धन सरकारमा माओवादी केन्द्रका ६ मन्त्री छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । जनवादी गायक जीवन शर्माको एउटा तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल छ ।

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज चार प्रदेशमा केही भू–भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

काठमाडौं । पाल्पाका राजेश थापाको बिहीबार बिहान ११ः३० को एयर अरेवियाको जी–९५३१ नम्बरको फ्लाइटबाट