Logo
१५ मंसिर २०७८, बुधबार
     Wed Dec 1 2021
E-paper
  English Edition
   Unicode
Logo

एकिकृत समाजवादीमा आन्तरिक समिक्षा, कैलालीकी कमला केसी लगायतका नेताबारे चासो बढ्दै



काठमाडौँ । पछिल्ला दिनमा झण्डै २०० केन्द्रीय सदस्य थप्दा पनि केहि पर्नै पर्ने ब्यक्तिहरु छुटेपछि एकिकृत समाजवादीमा आन्तरीक समिक्षा हुन थालेको छ ।

त्यसो त यहि बिषयलाई लिएर अखिलका अध्यक्ष शुदेश पराजुलीले समेत नेतासंग बिधि र मापदण्डको कुरा उठाउँदै असन्तुष्टि सार्वजनिक गरेका छन् भने जगन्नाथ खतिवडा लगायतका केहि नेताहरुले सच्याउदै जाने र मिलाउने प्रतिबद्धता सार्वजनिक गरेका छन् ।

दुई सय थप्दा पनि नपरेपछि कैलालीको टीकापुरकी कमला केसी लगायतको बिषयले समाजवादी भित्र ठाउ पाएको छ । लामो समय कम्युनिष्ट आन्दोलनमा लागेकी र जनमैत्री स्वभावकी संगठक केसीलाइ केन्द्रिय सदस्यमा नपर्दा सुदुरपश्चिमका एमाले समेत छक्क परेका छन् । नाम नबताउने शर्तमा एक एमाले नेताले भने ‘उहाँले ओलीको पक्षमा खुलेको भए मान र सम्मान दुवै प्राप्त गर्नुहुन्थ्यो तर उहाँ बिद्रोहि बनेर समाजवादीमा त जानु भयो तर त्यहाँ नेता खुशि पार्न सक्नुभएन’ ।

समाजवादीका एक कार्यकर्ताले संसारन्यूजसँग भने ‘ उहाँलाई के पुर्वाग्रह राखिएको हो त्यो थाहा छैन, गरीमा कामरेड लगायत अन्य जिम्मेवार कामरेडहरुलाई सोध्नै पर्ने भएको छ’ यस बिषयमा स्वयम कमला भन्छिन् ‘हो, मलाई निकै पीडा भएको छ तथापी पार्टीले मूल्यांकन गर्ला नी भन्नेमा अझै आशावादी छु । ’

‘सुदुर पश्चिम पार्टीमा लागेका पुर्व सांसद हिमान्चल भटराई मूलधारबाट कसरी पाखा लाग्न पुगे, दिनेशचन्द्र सुबेदी लगायतले बिगतमा कसरी संघर्ष गर्नुपयो, खासगरी कर्णालीपुर्वबाट सुप गएकाहरुको पार्टी भित्रको स्थिती समिक्षा हुनुपर्दछ भन्ने बिषय त्यहाँ उठिरहेका छन् । सबै योग्यता पुग्दा पनि कमला किन परीन् भन्ने कुरो पनि त्यसैको वरीपरी नै छ ।’ सूपका एक नेताले यस्तो प्रतिक्रिया दिए ।

को हुन कमला ?

नाताले कम्युनिष्ट नेता मोहनबिक्रम सिंहकी भान्जी कमला अर्गानीक कम्युनिष्ट हुन् । सानैदेखि कम्युनिष्ट बिचारकी कमला२०४६ सालको जनआन्दोलनमा सहभागी हुँदै २०४७ सालबाट २०५० सालसम्म अनेरास्ववियु (छैठौं ) को बिद्यालय इकाइ समितिको अध्यक्ष हुँदै ०५१ साल देखि राष्ट्रिय जनमोर्चा निकट विभिन्न जनबर्गिय सङ्गठनमा आबद्ध रहेर आन्दोलनमा लागेकी थिइन ।

२०५८ सालमा एमाले प्रबेश गरेसंगै पार्टीको टिकापुर नगर कमिटी सदस्य, महिला बिभाग प्रमुख, २०६५देखि २०६९ साल सम्म पार्टीको कैलाली क्षेत्र न १ क्षेत्रीय कमिटी सचिब, सङ्गठन विभाग प्रमुख, २०७० देखि २०७३ सम्म कैलाली जिल्ला कमिटी सदस्य र क्षेत्र न १ को महिला इन्चार्ज हुदै जिल्ला सचिवालय सदस्य रहेर काम गरेकी थिइन । २०७७ देखि सुदुर पश्चिम प्रदेश समानन्तर कमिटी सदस्य रहेर समाजवादी पार्टी निर्माणमा बैचारीक र सांगठानीक योगदान पुयाएकी कमलाले अनेमसंका स्थानीय, प्रादेशिक र केन्द्रीय भूमिका साथै दर्जनाैं सामाजिक अभियानहरु मार्फत सामाजिक छवि समेत बनाएकी छन् । गत संसदीय निर्वाचनमा उम्मेदवारको रुपमा सिफारिस समेत भएकी कमला अघिल्लो स्थानीय निर्वाचनमा टिकापुर नगरका लागि उपमेयरको प्रत्यासी रहेर नगण्य मतले पराजित भएकी थिइन् ।

 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजा महेन्द्रको प्रसंशा गर्ने नेकपा

चितवन । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनले जिल्लाका दुई उपाध्यक्षसहित १० जनालाई केन्द्रीय समितिमा

सउल । दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ ।

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा