Logo
११ मंसिर २०७८, शनिबार
     Sat Nov 27 2021
E-paper
  English Edition
   Unicode
Logo

महाकाली तथा कर्णालीमा बाढीले खतराको सतह पार, देशका अन्य ठाउँमा पनि बाढीकाे जाेखिम



dxfsfnL gbLsf] af9Ln] s6fg ul//x]sf] ;8s s~rgk’/, % c;f/ . dxfsfnL gbLsf] af9Ln] s6fg u/]sf] lgdf{0fflwg k’n 5]psf] ;8s . gbLdf kfgLsf] axfj Ps So”;]s gf3] kl5 t6Lo If]qdf ;ts{tf ckgfpg nfluPsf] 5 . t:jL/ M /fh]Gb|k|;fb kg]?, /f;;

कञ्चनपुर । विगत केही दिनदेखि लगातार परेको वर्षाले महाकाली तथा कर्णाली नदीमा बाढीको खतरा बढेको छ ।

जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाए अनुसार ती दुवै नदीमा बाढीले खतराको सतह पार गरेको छ । नदी किनारका बस्तीहरू डुबानमा पर्न थालेका छन् ।

महाकाली नदीमा बिहान तीन लाख ९१ हजार क्युसेक मापन गरिएको पानीको सतह अहिले बढेर चार लाख ६१ हजार सात सय २८ क्युसेक पुगेको छ । महाकालीमा एक लाख क्युसेक पानी पुगेमा खतरा मानिन्छ ।

महाकालीमा यति ठूलो बाढी २०७० सालयताकै ठूलो भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) सिद्धराज न्यौपानेले जानकारी दिए । उनका अनुसार नदिमा निरन्तर पानीको सतह बढिरहेको छ । मानवीय क्षति नभएपनि वरपरका वस्ती ढुवानमा पर्ने र सडक छेउ कटान भैरहेको छ । नदीमा पानीले खतराको सतह नाघेपछि शारदा ब्यारेजमा आवागमनमा रोक लगाइएको छ ।

प्रभावित परिवारहरुको उद्धार तथा राहतका लागि बिहानैदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका संयुक्त टोलीहरु परिचालन गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले बताए । उनका अनुसार तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम जारी राखिएको छ ।

त्यस्तै कैलाली स्थित कर्णाली नदी चिसापानी जलमापन केन्द्रमा नदीले सतर्कता तह पार गरेको हुँदा कर्णाली नदी तटीय क्षेत्र र डुबान भईरहने होचा भूभागमा रहनेहरुलाई उच्च सर्तकता अपनाउन महशाखाले सूचना जारी गरेको छ ।

जल तथा मौसम कार्यालय कोहलपुरका अनुसार कर्णालीमा पानीको सतह १०.५० मिटर पुगेको छ । यहाँ १० मिटरभन्दा माथि पुगे सतर्कता तह र १०.८० पुगे खतराको तह हो ।

जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका अनुसार ससाना खोलाहरुमा पानीको बहाव सतर्कता तहसम्म पुग्ने छ। कैलाली स्थित खुटीया खोला मुडीभर जलमापन केन्द्र, जुम्ला स्थित तिला नदी सेरीघाट जलमापन केन्द्रमा, डोटी स्थित पश्चिम सेती नदी गोपाघाट जलमापन केन्द्र र डडेलधुरास्थित महाकाली नदी पारीगाऊँ जलमापन केन्द्रमा जलसतहले खतरा तह पार गरेको र माथिल्लो भूभागमा लगातार वर्षा भई रहेकाले जलसतह थप बढ्नसक्ने पनि महाशाखाले जनाएको छ ।

मंगलबार रातिसम्म पानीको सहत सतर्कता तहसम्म नपुग्ने र बुधबार बिहानदेखि पानीको सतह बढ्ने देखिन्छ। भोलिसम्म पश्चिमका नदीहरुमा मध्ययम जोखिम छ। लगातार वर्षा भइरहे उच्च जोखिम बढ्न सक्ने बताइएको छ।

File Pic


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भोर्ले । नेपाली काँग्रेस पर्वतको सभापतिमा यूवराज जोशी विजयी भएका छन । जोशीले प्रतिद्धन्दि

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले प्रा.अम, मेडिकल पद र अमल्दार

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले एक्लै हिँडेर कहीँ नपुग्ने बताएका छन्

अफ्रिका । अफ्रिकी देश घानाको आकराबाट इमिरेट्स एरलाईन्सको जहाज हुँदै दुबई आउन लागेका रुकुमका