back

रिलायन्स लाइफ इन्स्योरेन्सले ल्यायो ‘रिलायन्स वार्षिक धन वर्षा जीवन बीमा’ योजना

वि.सं.२०७८ कात्तिक २ मंगलवार

150 

shares
NTC AD
Global IME AD

काठमाडौँ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ‘रिलायन्स वार्षिक धन वर्षा जीवन बीमा’ योजना सार्वजनिक गरेको छ । उक्त बीमा योजनाअन्तर्गत बिमितलाई प्रत्येक वर्ष बीमा लेखको वार्षिकोत्सव मितिमा बीमाङ्कको ५ प्रतिशत रकम भुक्तान गरिने रिलायन्सले जानकारी दिएको छ।

उक्त व्यवस्थाले बिमितको नियमित नगद प्रवाहको आवश्यकता पूरा गर्नुका साथै पूर्ण बीमाङ्क रकम बराबरको रक्षावरणसमेत प्रदान कम्पनीको दावी छ। यो योजना बिमितले १५ वा २० वर्षको अवधिका लागि लिन सक्ने छन्।

पन्ध्र वर्षको बीमा अवधिको समाप्तिमा बिमितलाई अग्रीम वार्षिक रुपमा भुक्तानी गरिएको रकम घटाई बाँकी रहेको बीमाङ्क रकम र आर्जित बोनस प्रदान गरिने कम्पनीले बताएको छ। कम्पनीका अनुसार २० वर्षको बीमा अवधिको समाप्तिमा अग्रीम वार्षिक रुपमा भुक्तानी गरिएको रकम घटाई बाँकी बीमाङ्क रकम, आर्जित बोनस र बीमाङ्क रकमको १० प्रतिशत थप रकम(एक पटकको लागि मात्र) प्रदान गरिनेछ।
उक्त योजनामा कथंकदाचित बीमा अवधिमा बिमितको मृत्यु भएमा इच्छाइएको व्यक्तिलाई बीमाङ्क रकम र आर्जित बोनस प्रदान गरिने रिलायन्सले जनाएको छ। यो योजना १८ देखि ५५ वर्ष उमेरका ग्राहकले लिन सक्नेछन्।

यो योजनाअन्तर्गत न्यूनतम बीमाङ्क रकम एक लाख कायम गरिएको छ। यो योजनासँगै बिमितले थप न्यूनतम बीमा शुल्क भुक्तानीमा दुर्घटना मृत्यु सुविधा, स्थायी अशक्तता र बीमा शुल्क मिनाहाजस्ता अतिरिक्त सुविधाहरु पनि लिन सकिने पनि कम्पनीले जनाएको छ।

 

वि.सं.२०७८ कात्तिक २ मंगलवार १२:४५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी द्विपक्षीय सम्झौता

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी द्विपक्षीय सम्झौता

काठमाडौँ । नागरिक लगानी कोष र सिउरी न्यादी पावर लिमिटेडबीच...

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट महादेवको घर कैलाशको दर्शन

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट महादेवको घर कैलाशको दर्शन

कमलकुमार बस्नेत, काठमाडौँ । दिनको पहिलो प्रहर सुरु भइसकेको थिएन...

नेप्से परिसूचक निरन्तर ओरालोतर्फ, यी हुन् शीर्ष पाँचभित्र पर्न सफल कम्पनी

नेप्से परिसूचक निरन्तर ओरालोतर्फ, यी हुन् शीर्ष पाँचभित्र पर्न सफल कम्पनी

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

तातोपानी नाकाबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

तातोपानी नाकाबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

चौतारा (सिन्धुपाल्चोक) । चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी भन्सार...

ग्लोबल आइएमईले उच्च शिक्षाका लागि भारत जाने विद्यार्थीलाई शैक्षिक कर्जा प्रदान गर्ने

ग्लोबल आइएमईले उच्च शिक्षाका लागि भारत जाने विद्यार्थीलाई शैक्षिक कर्जा प्रदान गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र हब इन्टरनेशनल एजुकेशन...

एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम

एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम

  काठमाडौं । एनएमबि बैंकले बुधवार बैंकको बल्खु शाखाबाट सुरु...