Logo
११ मंसिर २०७८, शनिबार
     Sat Nov 27 2021
E-paper
  English Edition
   Unicode
Logo

ब्याजदर बृद्धिको प्रभाव : थामिएन शेयर बजारमा पहिरो



काठमाडौं । लगातार दोस्रो दिन पनि शेयर बजारमा उच्च अंकको पहिरो गएको छ । बैंकहरुले सोमबार ब्याजदर बढेको सूचना निकालेसँगै शेयर बजारमा देखिएको प्रभाव दोस्रो दिन पनि कायमै देखिएको हो ।

मंगलबार नेप्से सूचक ७६.९६ अंकले घटेर २५११.१० विन्दुमा झरेको छ भने सेन्सेटिभ इन्डेक्स पनि १३.२३ अंकले घटेको छ । साताको पहिलो दिन आइतबार १७.५९ अंकले बढेको नेप्सेमा सोमबार ६९.५१ अंकको गिरावट आएको थियो।

मंगलबार कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएको छ। कारोबारमा अधिकाँश कम्पनीको शेयरमूल्य घट्दा सबै उपसमूहको सूचक नकारात्मक देखिएको हो। यस दिन फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै ५ प्रतिशतभन्दा धेरैले घटेको छ।

मंगलबार कारोबारमा आएका ७ वटा कम्पनीको मात्रै शेयरमूल्य केही बढेको छ। यस दिन महुली सामुदायिक लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ४.४९ प्रतिशतले बढेको छ भने मानुसी लघुवित्तको ४.०१ प्रतिशत, माउन्टेन इनर्जीको ३.५५ प्रतिशत, मेरो माइक्रोफाइनान्सको २ प्रतिशत र कालिका लघुवित्तको १.७५ प्रतिशतले बढेको छ।

यता नेपाल हाइड्रो डेभलपर्सको शेयरमूल्य सबैभन्दा धेरै ९.७७ प्रतिशतले घटेको छ भने नेशनल हाइड्रोपावरको ९.४९ प्रतिशत, अरुण भ्याली हाइड्रोपावरको ८.७१ प्रतिशत, मैलुङ खोला जलविद्युतको ८.०२ प्रतिशत र पोखरा फाइनान्स ७.९६ प्रतिशतले घटेको छ।

मंगलबार नेप्से सूचक घटे पनि कारोबार रकम भने बढेको छ । सोमबार ३ अर्बभन्दा कमको शेयर कारोबार भएकोमा मंगलबार ३ अर्ब ७८ करोड रुपैयाँको शेयर कारोबार भएको छ। आज ९५ लाख ७५ हजार ६०१ कित्ता शेयर ३ अर्ब ७८ करोड ३४ लाख २२ हजार ९९५ रुपैयाँमा खरिद बिक्री भएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भोर्ले । नेपाली काँग्रेस पर्वतको सभापतिमा यूवराज जोशी विजयी भएका छन । जोशीले प्रतिद्धन्दि

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले प्रा.अम, मेडिकल पद र अमल्दार

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले एक्लै हिँडेर कहीँ नपुग्ने बताएका छन्

अफ्रिका । अफ्रिकी देश घानाको आकराबाट इमिरेट्स एरलाईन्सको जहाज हुँदै दुबई आउन लागेका रुकुमका