Logo
११ मंसिर २०७८, शनिबार
     Sat Nov 27 2021
E-paper
  English Edition
   Unicode
Logo

थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार ९ हजार ९१६ जनामा गरिएको नमूना परीक्षणमा १ हजार ९६ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ६ हजार ५१७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यसैगरि नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १२ जनाको ज्यान गएको छ । थप १२ जनाको मृत्यु भएसँगै देशभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ३०५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म ७ लाख ८३ हजार ३९७ जना कोरोना संक्रमणबाट मुक्त पनि भएका छन् । मंगलबार मात्रै १ हजार ४ जना कोरोना संक्रमणबाट मुक्त भएका थिए ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ८१५ जना रहेका छन् । जसमध्ये १० हजार ८६६ जना होम आइसोलेसनमा रहेका छन् भने ९४९जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २६७ जना आईसीयू र ८६ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका २४ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ४१ जना कोरोना संक्रमित थपिएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भोर्ले । नेपाली काँग्रेस पर्वतको सभापतिमा यूवराज जोशी विजयी भएका छन । जोशीले प्रतिद्धन्दि

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले प्रा.अम, मेडिकल पद र अमल्दार

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले एक्लै हिँडेर कहीँ नपुग्ने बताएका छन्

अफ्रिका । अफ्रिकी देश घानाको आकराबाट इमिरेट्स एरलाईन्सको जहाज हुँदै दुबई आउन लागेका रुकुमका