Logo
११ मंसिर २०७८, शनिबार
     Sat Nov 27 2021
E-paper
  English Edition
   Unicode
Logo

गठबन्धन सरकारको सय दिन, यस्ता छन् देउवाको सचिवालयले दाबी गरेका २४ काम



फाइल फाेटाे

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले १०० दिन पुरा गरेको छ । सर्वोच्च अदालतको परमादेशसँगै गत असार २९ मा देउवा नेतृत्वमा सरकार गठन भएको थियो ।

मन्त्रिपरिषद्लाई पूर्णंता दिने नै झण्डै ९० दिन लागेको कारण पनि सरकारले अपेक्षाकृत काम गर्न नसकेको गुनासो छ । सरकारको १०० दिनको कामप्रति स्वंय सत्तारुढ पार्टीभित्रै असन्तुष्टी देखिन्छ ।

तथापी १०० दिनको बीचमा सरकारले केही उल्लेखनीय कार्य गरेको प्रधानमन्त्रीको सचिवालयको दाबी छ । सचिवालयले आफ्नै ढंगले १०० दिने समिक्षा गरेको छ । सचिवालयले २४ बुँदामा सरकारले निकै महत्वपूर्णं काम गर्न सकेको बताएको छ ।

खोप कुटनीतिमा सरकार सफल भएको प्रधानमन्त्रीको सचिवालयको दाबी छ ।

यस्ता छन् देउवाको सचिवालयले दाबी गरेका २४ उपलब्धि

१. सन्तुलित ‘नेपाल पहिला’ परराष्ट्र नीति
२. सफल खोप कूटनीति
३. एक करोड ५० लाख खोप व्यवस्थापन
४.लक्षितमध्ये ३२.६ प्रतिशतले पूर्ण खोप लगाए
५. लगानीमैत्री वातावरणको सृजना
६. निजी क्षेत्रलाई प्रोत्साहन गर्दै आर्थिक स्थिरता कायम
७. कोभिडको मारमा परेका उद्योगी–व्यावसायीलाई राहत प्याकेज
८. प्रभावकारी रूपमा कोभिड १९ रोकथाम, नियन्त्रण तथा व्यवस्थापन
९. चुस्त सुरक्षा व्यवस्था
१०. प्रभावकारी रूपमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन
११. राजस्व संकलनमा उल्लेख्य वृद्धि
१२. स्टार्टअप व्यवसायलाई प्रोत्साहन गर्ने कार्यविधि तथा कोष तयार
१३. विद्युतीय लाइन विस्तार तथा विद्युत्को पहुँचमा वृद्धि
१४. सडक तथा यातायातको पहुँच विस्तार
१५. देशभर निःशुल्क कानुनी सहायता प्रदान गर्ने कानुनी मस्यौदा तयार
१६. सबै स्थानीय तहलाई इन्टरनेट सञ्जालमा जोडिएको
१७. विद्युतीय माध्यमबाटै कर विवरण हेर्न तथा भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाइएको
१७. सरकारी कागजातहरूको डिजिटल अर्काइभिङ सुरु
१८. दुर्गम क्षेत्रमा गुणस्तरीय शिक्षाका लागि डिस्टन्स लर्निगको प्रक्रिया सुरु
१९. प्रकृतिक विपसत्तमा तत्काल रेस्पोन्स
२०. क्यान्सर, मिर्गौला र स्पाइनल इन्जुरीका बिरामीलाई मासिक पाँच हजार भत्ता दिने निर्णय
२२. अति विपन्न गरिव घर परिवारलाई प्रतिघर परिवार दश हजार रुपैयाका दरले राहात दिने घोषणा
२३. युवा–विद्यार्थीलक्षित ‘पढ्दै कमाउदै’ कार्यक्रम र नारी समुदायलक्षित ‘महिला पहिला’ कार्यक्रम घोषणा
२४. साफ च्याम्पियनसिपमा उपविजेता बन्न सफल राष्ट्रिय टिमका खेलाडीलाइ प्रोत्साहनस्वरूप जनही पाँच लाख रुपैयाँ दिने घोषणा ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भोर्ले । नेपाली काँग्रेस पर्वतको सभापतिमा यूवराज जोशी विजयी भएका छन । जोशीले प्रतिद्धन्दि

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले प्रा.अम, मेडिकल पद र अमल्दार

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले एक्लै हिँडेर कहीँ नपुग्ने बताएका छन्

अफ्रिका । अफ्रिकी देश घानाको आकराबाट इमिरेट्स एरलाईन्सको जहाज हुँदै दुबई आउन लागेका रुकुमका