Logo
२१ मंसिर २०७८, मंगलवार
     Tue Dec 7 2021
E-paper
  English Edition
   Unicode
Logo

राजेश पायल र पासाङको ‘टारी खेत’ सार्वजनिक



काठमाडौं । लोकप्रिय गायक राजेश पायल राई र गायिका पासाङ ल्हामु शेर्पाको युगल गायनमा समावेश प्रेमिल शैलीको ‘टारी खेत’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

शान्तिराम राईको शब्द, तथा संगीत रहेको यस गीतलाई आगा लामाले संगीत संयोजन गरेका हुन्। दशैँ तिहारको कोशेली स्वरूप प्रस्तुत गरिएको म्युजिक भिडियोमा नायक पुष्प खड्का र एलिशा राई मुख्य भुमिकामा फिचर्ड छन्। साथमा भिडियोमा सुरेश कोहली,आरोही चापागाई्, प्रताब मगर, कुसुम केसी लगायतका कलाकारको अभिनय रहेको बताइएको छ ।

भिडियोमा शम्भु चालिसेको छायाँकन र राजेश कुमारको सम्पादन रहेको छ। शिव बिकको निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियोलाई दर्शक स्रोता बाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । जनवादी गायक जीवन शर्माको एउटा तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल छ ।

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज चार प्रदेशमा केही भू–भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

काठमाडौं । पाल्पाका राजेश थापाको बिहीबार बिहान ११ः३० को एयर अरेवियाको जी–९५३१ नम्बरको फ्लाइटबाट