Logo
११ मंसिर २०७८, शनिबार
     Sat Nov 27 2021
E-paper
  English Edition
   Unicode
Logo

बाढीपहिराेमा परी मृत्यु हुनेको संख्या ४८ पुग्यो, ३१ जना बेपत्ता



काठमाडाैं। मुलुकका विभिन्न क्षेत्रमा परेको भारी वर्षापछि आएको बाढी पहिरो र डुबानमा परेर बुधबार मध्याह्नसम्म ४८ जनाले ज्यान गुमाएका छन् ।

विभिन्न जिल्लामा ३१ जना वेपत्ता भएका छन् । गृह मन्त्रालयका अनुसार मृत्यु हुनेमा सबैभन्दा बढी इलाममा ११ र डोटीमा नौजना छन् । यी दुबै जिल्लामा पहिराले मानवीय क्षति गराएको हो ।

त्यसपछि पहिरामा परी हुम्ला, धनकुटा र पाँचथरमा छ/छजनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । यस्तै बैतडीमा चार, कालीकोटमा एक, डडेलधुरामा एक, प्यूठानमा एक, सुनसरीमा दुई र उदयपुरमा एकजनाको मृत्यु भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।

पहिरामा परेर सबैभन्दा बढी बझाङमा २३ जना बेपत्ता भएका छन् । यस्तै डोटीमा एक, प्यूठानमा दुई, इलाममा पाँचजना बेपत्ता छन् । विभिन्न जिल्लामा अहिलेसम्म २३ जना घाइते भएका छन् । असोज ३१ गतेदेखि मुलुकका विभिन्न क्षेत्रमा पानी पार्ने प्रणाली सक्रिय भएको थियो ।

यो क्रम बुधबार पनि जारी छ । हराएकाहरुको खोजी र फसेकाहरुको उद्धार कार्य जारी रहेको गृहमन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका प्रमुख हुमकला पाण्डेले जानकारी दिइन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भोर्ले । नेपाली काँग्रेस पर्वतको सभापतिमा यूवराज जोशी विजयी भएका छन । जोशीले प्रतिद्धन्दि

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले प्रा.अम, मेडिकल पद र अमल्दार

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले एक्लै हिँडेर कहीँ नपुग्ने बताएका छन्

अफ्रिका । अफ्रिकी देश घानाको आकराबाट इमिरेट्स एरलाईन्सको जहाज हुँदै दुबई आउन लागेका रुकुमका