Logo
११ मंसिर २०७८, शनिबार
     Sat Nov 27 2021
E-paper
  English Edition
   Unicode
Logo

ओली भन्छन् – गिनिज बुकको आधा हामीले गरेका कामले भरिन्छ



काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वको तत्कालिन सरकारले निकै उदाहरणीय काम गरेको दाबी गरेका छन् । बुधबार एमाले बागमती प्रदेश अधिवेशन कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

ओलीले आफुँले गरेका कामले गिनिज बुकमा थुप्रै रेकर्ड कायम गर्ने दाबी गरे ।

‘हामीले ३९६ वटा अस्पतालको एकै दिन एकैचोटी शिलान्यास गर्‍यौं, देशभरि, यो विश्व रेकर्ड हो’, ओलीले भनेका छन्, ‘गिनिज बुकमा यस्ता कति लेखेको हुन्छ हुन्छ, हामीले दाबी नगरेर मात्रै हो, गिनिज बुकको आधा त हामीले गरेका कामले भरिन्छ होला ।’

ओलीले आफुँ जस्तो किड्नी फेरेको बिरामी दुनियामा नभएको पनि बताए । ‘दुई पटक किड्नी फेरेको प्रधानमन्त्री नेपालमाबाहेक दुनियाँमा कहीँ पाइँदैन, दुईपल्ट किड्नी फेरेर पनि उस्ताको उस्तै हुने, दुनियाँमा सायद कहीँ हुँदैन, यहीँ हुन्छ’, उनले भने ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भोर्ले । नेपाली काँग्रेस पर्वतको सभापतिमा यूवराज जोशी विजयी भएका छन । जोशीले प्रतिद्धन्दि

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले प्रा.अम, मेडिकल पद र अमल्दार

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले एक्लै हिँडेर कहीँ नपुग्ने बताएका छन्

अफ्रिका । अफ्रिकी देश घानाको आकराबाट इमिरेट्स एरलाईन्सको जहाज हुँदै दुबई आउन लागेका रुकुमका