Logo
२१ मंसिर २०७८, मंगलवार
     Tue Dec 7 2021
E-paper
  English Edition
   Unicode
Logo

ओलीको दाबी : एमालेले चाहे गठबन्धन सरकार एक सातामा ढल्छ



काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफुँहरुले चाहेका गठबन्धन सरकार एक सातामै ढल्ने दाबी गरेका छन् । बुधबार एमालेको बागमती प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

ओलीले सरकारमा सबै लोभीपापीहरु मात्रै भएकोले केही दिए ढलिहाल्ने बताए ।

‘अहिले पनि यो सरकार ढाल्दिउँ भन्ने हो भने एक हप्तामा यो सरकार ढल्छ,’ एमालेको वागमती प्रदेश कमिटी बैठकमा उनले भने,‘यस्तै साँठगाँठ, गठबन्धन गर्ने हो भने त हामी सात दिनभित्र ढालिदिन्छौं । लोभीपापीहरू छन्, दिए भइगो नि । ढलिहाल्छ नि । दिए सिद्धिने कुरा छ त्यहाँ ।’

ओलीले आफ्नो अभिष्ट सरकार बनाउने नभई देश बनाउने भएको भन्दै देश बन्ने निश्चित भउको अवस्थामा मात्रै सरकार बनाउने बताए । उनले अर्ली इलेक्सनको विकल्प नभएको भन्दै आफुँहरु चुनावबाटै वैधानिक रुपमा सत्तामा आउने बताए । एमालेको निशाना चुनावको तयारी भएको पनि उनको भनाई छ ।

‘तर हाम्रो अभिष्ट सरकार बनाउने होइन, देश बनाउने र सरकार बनाउने कुरा फरक छ, हामी जित्ने, सरकार बनाउने कुरा किन गरिराखेका छौं भने जित्नका लागि, देश बन्ने निश्चित गरेरमात्रै हामी सरकार बनाउँछौं’, ओलीले भने, ‘अर्ली इलेक्सन भए ठिकै छ, हामीलाई सबै तहका चुनावमा विजयी चाहियो, हाम्रो निशाना चुनावको तयारी ।’

सम्बन्धित समाचार

ओली भन्छन् – गिनिज बुकको आधा हामीले गरेका कामले भरिन्छ


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । जनवादी गायक जीवन शर्माको एउटा तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल छ ।

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज चार प्रदेशमा केही भू–भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

काठमाडौं । पाल्पाका राजेश थापाको बिहीबार बिहान ११ः३० को एयर अरेवियाको जी–९५३१ नम्बरको फ्लाइटबाट