Logo
११ मंसिर २०७८, शनिबार
     Sat Nov 27 2021
E-paper
  English Edition
   Unicode
Logo

कांग्रेसका रोकिएका जिल्ला अधिवेशन छठ लगत्तै हुने



काठमाडौं । नेपाली कांग्रेसका रोकिएका जिल्ला अधिवेशनहरु छठ लगत्तै हुने भएको छ । पार्टी सहमहामन्त्री डा प्रकाशशरण महतले बुधबार चितनवमा पत्रकारहरुसँग कुराकानी गर्दै रोकिएका जिल्ला अधिवेशनहरु छठपछि सुरु गरिने बताएका हुन् ।

‘विभिन्न कारणले रोकिएका जिल्ला अधिवेशनहरु छठपछि हुन्छ र तिहारअघि सबै जिल्लाको सदस्यतासम्बन्धी विवाद समाधान भइसक्छ’, उनले भने ।

सहमहामन्त्री डा महतले स्थानीय तह, प्रदेश र सङ्घीय निर्वाचनमा नेपाली कांग्रेसले नै बहुमत प्राप्त गर्ने गरी पार्टी अघि बढ्ने बताए । उनले भने, ‘अब कांग्रेस एकल बहुमत प्राप्त गर्ने गरी अघि बढ्छ, पार्टीको आगामी महाधिवेशनमा पार्टी एक ढिक्का हुन्छ र यसले आगामी सबै तहका निर्वाचनमा पार्टीमा बहुमत हासिल गर्न पूरा सहयोग पुग्छ ।’

पार्टीलाई महाधिवेशन केन्द्रीत मात्रै नभएर तीन तहको निर्वाचन केन्द्रीत भएर अघि बढाउने उनको भनाइ थियो । गठबन्धनको सरकार सञ्चालन गर्न सहज नभएको भन्दै उनले सबैलाई मिलाएर अघि बढ्ने बताए ।

सरकारको एक सय दिन सफल रहेको भन्दै उनले सरकारले अरु धेरै कामका अतिरिक्त चार वटा महत्वपूर्ण काम गरेको बताए । उनले भने, सरकार गठन भएपछि जनतालाई कोभिड विरुद्धको खोप, पराराष्ट्र नीति, भ्रष्टाचार नियन्त्रण र संवैधानिक आयोगमाथिको हस्तक्षेप रोकिएको छ ।’


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भोर्ले । नेपाली काँग्रेस पर्वतको सभापतिमा यूवराज जोशी विजयी भएका छन । जोशीले प्रतिद्धन्दि

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले प्रा.अम, मेडिकल पद र अमल्दार

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले एक्लै हिँडेर कहीँ नपुग्ने बताएका छन्

अफ्रिका । अफ्रिकी देश घानाको आकराबाट इमिरेट्स एरलाईन्सको जहाज हुँदै दुबई आउन लागेका रुकुमका