Logo
११ मंसिर २०७८, शनिबार
     Sat Nov 27 2021
E-paper
  English Edition
   Unicode
Logo

पछिल्लो २४ घण्टामा थपिए ६६२ कोरोना संक्रमित, थप १३ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६६२ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार नौ हजार ९१६ जनामा नमूना परीक्षण गर्दा ६६२ जनामा संक्रमण देखिएको हो ।

त्यसैगरि पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७५८ जना संक्रमतिले कोरोना भाइरसलाई जितेका पनि छन् ।

नौ लाख नाघ्यो कुल संक्रमितको संख्या

स्वास्थ्य मन्त्रालयले जनाएअनुसार देशभर कुल संक्रमितको संख्या नौ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा थप ६६२ जनामा संक्रमण देखिएसँगै देशभर कुल संक्रमितको संख्या ९ लाख ७ सय ४८ पुगेको छ ।

मन्त्रालयले जानकारी दिएअनुसार हालसम्म ११ हजार ३१८ संक्रमितले कोरोना संक्रमणकै कारण ज्यान गुमाएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भोर्ले । नेपाली काँग्रेस पर्वतको सभापतिमा यूवराज जोशी विजयी भएका छन । जोशीले प्रतिद्धन्दि

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले प्रा.अम, मेडिकल पद र अमल्दार

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले एक्लै हिँडेर कहीँ नपुग्ने बताएका छन्

अफ्रिका । अफ्रिकी देश घानाको आकराबाट इमिरेट्स एरलाईन्सको जहाज हुँदै दुबई आउन लागेका रुकुमका